ड्रागन जस्ता डुंगा दौडिए बेगनासमा

Published on

काठमाडौं । पर्यटनको राजधानी पोखरामा भएको पहिलो राष्ट्रिय ड्रागन डुंगा दौडको उपाधि वाटर स्पोट्स नेपाल र नारा नेपालले जितेका छन् । पोखराको दोस्रो ठुलो ताल बेगनासमा भएको प्रतियोगिताको पाँच सय मिटरतर्फ वाटर स्पोट्स नेपाल र दुई सय मिटरतर्फ नेपाल र्याफ्टिङ एसोसिएसन (नारा) नेपाल प्रथम बने ।

दुई सय मिटरको खेल आइतबार र पाँच सय मिटरका खेल सोमबार साँझ भएका हुन् । वाटर स्पोट्सले एक मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गरेको थियो । प्रथम बनेको वाटर स्पोट्सले दुई लाख, दोस्रो नारा नेपालले एक लाख ५० हजार र तेस्रो बनेको नेपाली सेनाले ७५ हजार नगदसहित प्रमाणपत्र पाएका छन् । दुई सय मिटरमा प्रथम बनेको नारा नेपालले एक लाख, दोस्रो बन्दै वाटर स्पोट्र्सले ५० हजार र तेस्रो बन्दै हर्पन फेवा मत्स्य सहकारी जलारी समूहले २५ हजारसहित प्रमाणपत्र पाएका छन् । महिलातर्फ पाँच सय मिटरमा बेगनास डुंगा व्यवसायी समिति पहिलो, बेगनास मत्स्य व्यवसायी समिति दोस्रो र जलारी दिदीबहिनी समूह तेस्रो भएका छन् । महिलातर्फकै दुई सय मिटरमा बेगनास मत्स्य व्यवसायी समिति, बेगनास डुंगा व्यवसायी समिति र जलारी दिदीबहिनी समूह क्रमशः पहिलो, दोस्रो र तेस्रो बने । महिलातर्फ दुवै इभेन्टका पहिलो, दोस्रो र तेस्रो समूहले क्रमशः नगद एक लाख, ५० हजार र २५ हजारका साथमा प्रमाणपत्र पाए ।

प्रतियोगितामा तीन महिला टिम र ११ पुरुषका गरी १४ टिम सहभागी थिए । नेपाल पर्यटन बोर्ड गण्डकी र पोखरा महानगर आयोजक रहेको प्रतियोगितालाई नेपाल ड्रागन बोट सङ्घ गण्डकी प्रदेश र होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले सह आयोजकका रूपमा सघाएका थिए । चीनबाट सुरु भएको ड्रागन बोट रेस ड्रागनको आकृति भएको डुंगा दौड हो । १२ जना सवार जुन डुंगाले निर्धारित दूरी कम समयमा पार गर्छ, त्यही समूह विजयी हुन्छ । पोखराको फेवातालमा गएको असार दोस्रो साता ड्रागन बोट रेस भएको थियो । त्यही बेला ल्याइएका आठ विशेष डुंगा प्रतियोगितामा प्रयोग गरिएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...