श्रीएअरको जहाज साढे दुई घण्टा आकाशमै अलपत्र

Published on

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्रीएअरको फ्लाइट नम्बर २२८ खराव मौसमका कारण दुई घण्टा २२ मिनेट आकाशमै फन्को मारेपछि यात्रुले सास्ती भोग्नुपरेको छ ।

धनगढी–काठमाडौंको उडान समय ५० देखि ५५ मिनेट हो । धनगढीबाट ७ः२२ बजे उडेको सो जहाज मौसम खराव हुँदा काठमाडौबाट फर्किएर भैरहवामा आपतकालीन अवतरण गरिएको हो । श्रीएयरलाइन्सका धनगढीमा प्रमुख गजेन्द्रबहादुर शाहीका अनुसार ८० सिट क्षमताको सो जहाजमा दुई बच्चासहित ७७ जना यात्रु सवार थिए । धनगढीबाट उड्दा काठमाडौंको मौसम ठिक थियो तर एकाएक विग्रेपछि जहाज भैरहवा पुगाइएको थियो । नेपालगञ्जबाट उडेको जहाज पनि भैरहवा अवतरण गरिएको थियो ।

उहाँले भन्नुभयो, ‘धनगढीबाट उडेको जहाजले काठमाडौंको आकाशमा डेढ घण्टाभन्दा बढी फन्को लगाउँदा पनि जहाज अवतरण हुन सक्ने गरेर मौसम सुधार नभएपछि भैरहवा अवतरण गरिएको हो ।’ जहाज अवतरण हुन नसकेका कारण चालक र परिचालकले यात्रुलाई नबताएपछि यात्रुहरुबिच रुवावासी चलेको थियो । हामीसँग रहेका कैंयौ यात्रु भैरहवा पुग्दासम्म रोइरहेका थिए, एक यात्रुले गोरखापत्रलाई बताउनुभयो । श्रीएअरकै रनसिंह ठकुल्लाका अनुसार जहाजमा थप एक घण्टा उडाउन मिल्ने फ्युल थियो, त्यसैले यात्रु आत्तिन जरुरी थिएन । उहाँले सो जहाज ११ः५५ बजे भैरहवाबाट उडेर १२ः४६ मा काठमाडौमा अवतरण भइसकेको बताउनुभयो । गोरखापत्र

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...