श्रीएअरको जहाज साढे दुई घण्टा आकाशमै अलपत्र

Published on

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्रीएअरको फ्लाइट नम्बर २२८ खराव मौसमका कारण दुई घण्टा २२ मिनेट आकाशमै फन्को मारेपछि यात्रुले सास्ती भोग्नुपरेको छ ।

धनगढी–काठमाडौंको उडान समय ५० देखि ५५ मिनेट हो । धनगढीबाट ७ः२२ बजे उडेको सो जहाज मौसम खराव हुँदा काठमाडौबाट फर्किएर भैरहवामा आपतकालीन अवतरण गरिएको हो । श्रीएयरलाइन्सका धनगढीमा प्रमुख गजेन्द्रबहादुर शाहीका अनुसार ८० सिट क्षमताको सो जहाजमा दुई बच्चासहित ७७ जना यात्रु सवार थिए । धनगढीबाट उड्दा काठमाडौंको मौसम ठिक थियो तर एकाएक विग्रेपछि जहाज भैरहवा पुगाइएको थियो । नेपालगञ्जबाट उडेको जहाज पनि भैरहवा अवतरण गरिएको थियो ।

उहाँले भन्नुभयो, ‘धनगढीबाट उडेको जहाजले काठमाडौंको आकाशमा डेढ घण्टाभन्दा बढी फन्को लगाउँदा पनि जहाज अवतरण हुन सक्ने गरेर मौसम सुधार नभएपछि भैरहवा अवतरण गरिएको हो ।’ जहाज अवतरण हुन नसकेका कारण चालक र परिचालकले यात्रुलाई नबताएपछि यात्रुहरुबिच रुवावासी चलेको थियो । हामीसँग रहेका कैंयौ यात्रु भैरहवा पुग्दासम्म रोइरहेका थिए, एक यात्रुले गोरखापत्रलाई बताउनुभयो । श्रीएअरकै रनसिंह ठकुल्लाका अनुसार जहाजमा थप एक घण्टा उडाउन मिल्ने फ्युल थियो, त्यसैले यात्रु आत्तिन जरुरी थिएन । उहाँले सो जहाज ११ः५५ बजे भैरहवाबाट उडेर १२ः४६ मा काठमाडौमा अवतरण भइसकेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...