तरकारीको बिउ र स्याउका बिरुवाको बिउ वितरण किसानलाई

Published on

काठमाडौं । बेरोजगार किसानलाई स्याउका बिरुवा, औजार र तरकारीको बिउ सहयोग गरिएको हो । व्यावसायिक फलफूल खेतीका साथै किसान तरकारी खेती गर्नका लागि ती सामग्री निःशुल्क प्रदान गरिएको हो ।

सिमकोट गाउँपालिका–५ का किसान जय रावतले स्याउका बिरुवा, हजारी गार्डेन पाइप र तरकारीको बिउ सहयोग उपलब्ध भएको बताउनुभयो । उहाँले आफू जस्तै छनोटमा परेका किसानले बिरुवा, बिउ र सामग्री निःशुल्क पाएको बताउँदै त्यसबाट व्यावसायिक खेतीतर्फ आफू लागेको बताउनुभयो । आफ्नो जग्गामा खाल्डो खनेर तयार पारेपछि स्याउका बिरुवा पाउँदा लगाउन सजिलो भएको बताउँदै लगाएका बिरुवालाई पानी हाल्न पनि सहज भएको उहाँको भनाइ रहेको छ । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले गाउँपालिकाभरिका १६० जना किसानलाई प्रतिकिसान ३० बोट स्याउ, १० प्रकारका तरकारीको उन्नत बिउ, हजारी र गार्डेन पाइप सहयोग गरिएको बताउनुभयो । यो सहयोग पाउने सबै छनोट भएका बेरोजगार किसान रहेका छन् ।

फलफूल पकेट क्षेत्रको विकास गर्नका लागि ठुलो सङ्ख्यामा किसानलाई स्याउका बिरुवा सहयोग गरेर यसको व्यावसायिक खेती सुरु गर्न थालिएको उहाँले बताउनुभयो । यसअघि स्याउका बिरुवा मात्र सहयोग गर्दा त्यसलाई संरक्षण गर्न कठिन भएको किसानको गुनासो आएपछि यस वर्षबाट हजारी र पाइप पनि सहयोग गरिएको हो । बेरोजगार किसानलाई चार हजार आठ सय स्याउका बिरुवा सहयोग गरिएको छ । स्याउका बिरुवा लगाएको जग्गामा तरकारी खेती गर्नका लागि बिउ सहयोग गरिएको उहाँले बताउनुभयो । स्याउका बिरुवाबाट कम्तीमा पाँच वर्षपछि मात्र फल आउने भएको कारण उक्त जग्गामा तरकारी खेती गरेर पनि किसानले आम्दानी गर्न सकोस् भन्नका लागि बिउ वितरण गरिएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...