पैँतिस लाखको कारोबार हर्टिकल्चर एक्स्पोमा

Published on

काठमाडौं । नर्सरी व्यवसायी सङ्घको आयोजनामा दुई दिनदेखि जारी नेसनल हर्टिकल्चर एक्स्पो–२०८० लाई १५ हजार जनाले अवलोकन गरेका छन् भने ३५ लाख रुपियाँ बराबरको करोबार भएको छ ।

शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको सो एक्स्पोमा पुष्प र नर्सरीका विभिन्न स्टल राखिएका छन् । अवलोकतनकर्ताले सबभन्दा जडीबुटीमा चासो लिएको संघका अध्यक्ष रामजी तिमिल्सिनाले जानकारी दिनुभयो । जडीबुटीको बोटबिरुवाप्रति अवलोकनकर्ताले बढी चासो लिएको र खरिद पनि गरेको उहाँले बताउनुभयो । चैत १९ गतेसम्म चल्ने एक्स्पोको वन तथा वातावरणमन्त्री नवलकिशोर साहले उद्घाटन गर्नुभएको थियो । मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका सात सयभन्दा बढी प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्रीवितरणका लागि राखिएको छ । एक्स्पोमा ७४ वटा व्यावसायिक स्टल, चार वटा फुड स्टल, सात वटा अफिसियल स्टल तथा पाँच वटा प्रतिस्पर्धी स्टलसहित जम्मा ९० वटा स्टल रहेको सङ्घका उपाध्यक्ष एवं एक्स्पोका संयोजक रामजी कुँवरले जानकारी दिनुभयो । मेलालाई कम्तीमा ५० हजारले अवलोकन गर्ने र एक करोड रुपियाँभन्दा बढीको कारोबार हुने अनुमान रहेको उपाध्यक्ष कुँवरले बताउनुभयो । मेलामा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, औजार उपकरण तथा प्रविधिहरू समेत हुने बताइएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...