निःशुल्क रुपमा नानी प्रत्यारोपण

Published on

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आँखाको नानी प्रत्यारोपण निःशुल्क रूपमा सुरु गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले तुलसीपुरमा रहेको राप्ती आँखा अस्पतालमा सेवाको उद्घाटन गर्नुभएको हो ।

लुम्बिनी प्रदेश सरकारले आँखाको नानी प्रत्यारोपणका लागि कार्यविधिसमेत बनाएको छ । स्वास्थ्यमन्त्री राजु खनालले आँखामा लाग्ने चोटका कारण नागरिकले दृष्टि गुमाउने समस्या समाधानका लागि आँखाको नानी प्रत्यारोपण सेवा निःशुल्क गरिएको बताउनुभयो । उहाँले प्रदेशका पाँचवटा आँखा अस्पतालमा निःशुल्क रूपमा प्रत्यारोपण सेवा सुरु गरिएको बताउनुभयो । मन्त्री खनालले आँखा उपचारको सन्दर्भमा लुम्बिनी प्रदेशमा रहेका आँखा अस्पतालमा छिमेकी मुलुकबाट समेत उपचार गर्न आउने केन्द्रका रूपमा विकास भइरहेको बताउनुभयो । स्वास्थ्यमन्त्री खनालले प्रदेशमा रहेका आँखा अस्पतालमा आँखा, कान र नाक विशिष्टीकृत सेवा सुरु गर्नका लागि प्रदेश सरकार तयार भएको बताउनुभयो । फरक प्रसङ्गमा मन्त्री खनालले प्रदेश सरकारले मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया र क्यान्सरका रोगीलाई दुई लाख रुपियाँ उपलब्ध गराउँदैआएको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमा मातृशिशु मृत्युदर उच्च रहेकाले त्यसलाई घटाउन सङ्घ, प्रदेश र सङ्घ सरकारबिच आवश्यक समन्वय, सहकार्यको खाँचो रहेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले पालिकाले उज्यालो कार्यक्रमअन्तर्गत मोतियाबिन्दु भएका नगरवासीलाई निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको बताउनुभयो ।

आँखा उपचारका लागि राप्ती आँखा अस्पताललाई प्रदेशकै नमुना आँखा अस्पतालका रूपमा विकास गर्न पालिकाबाट निरन्तर सहयोग भइरहेको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा। जनार्दन पन्थीले आँखा अस्पतालका लागि आँखा उपचारमा सहयोग पुग्ने फेको मेसिन हस्तान्तरणको तयारी भइरहेको बताउनुभयो । राप्ती आँखा अस्पताल नेत्र अधिकृत शालिकराम गौतमले अस्पतालले दुई वर्षदेखि आँखाको नानी प्रत्यारोपण गर्दैआएको बताउनुभयो । गौतमका अनुसार हालसम्म दुईसय जनाको आँखा नानी प्रत्यारोपण गरिएको छ । नानीको प्रत्यारोपण गर्न एउटा आँखाको २४ हजार रुपियाँ खर्च लाग्नेगरेको छ । लुम्बिनी प्रदेश सरकारका नागरिकको सवालमा निःशुल्क रूपमा आँखाको नानी प्रत्यारोपण गरिने भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...