ताप्लेजुङका सबै वडासम्म पुग्यो सडक

Published on

काठमाडौं । निर्माणाधीन तमोर कोरिडोर सडकको ट्रयाकले ओलाङ्चुङगोला बस्तीलाई जोडेसँगै ताप्लेजुङका सबै वडासम्म सडकको पहुँच पुगेको छ।चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको ओलाङ्चुङगोलासम्म भर्खरै तमोर कोरिडोरको ट्रयाक पुगेसँगै जिल्लाका सबै वडामा सडकको पहुँच पुगेको हो ।

जिल्लाकै दुर्गम तथा हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका(७ ओलाङ्चुङगोला बस्तीसम्म एक साता अघि मात्र सडकको ट्रयाक पुगेको छ।एक नगरपालिका र आठ गाउँपालिकासमेत नौ वटा स्थानीय तह रहेको जिल्लामा ६१ वटा वडा रहेका छन्।ओलाङ्चुङगोलामा सडक पुगेपछि जिल्लाका ६१ वटै वडालाई सडक सञ्चालले जोडेको हो। तीन हजार २०० मिटरको उचाईमा रहेको ओलाङ्चुङगोला बस्तीसम्म सडक पुगेपछि जिल्लाका सबै वडालाई सडक सञ्जालले जोडेको छ।ओलाङ्चुङगोलासम्म ट्रयाक पुगेसँगै छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बतसमेत सडक सञ्जालमा जोडिएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्ति०ले बताउनुभयो।उहाँकाअनुसार निर्माणाधीन तमोर कोरिडोर सडकले तिब्बत–नेपाल सिमाना टिपताला भञ्ज्याङलाई जोडेको छ ।

टिपताला भञ्ज्याङदेखि ओलाङ्चुङगोला बस्तीसम्म पहिले नै अर्थात तीनरचार वर्ष अघि नै सडक निर्माण गरिएको थियो।ओलाङ्चुङगोलाका बासिन्दा आफैँले रकम सङ्कलन गरेर र तिब्बतदेखि नै एक्साभेटरसहितका निर्माण उपकरण ल्याएर टिपताला–गोला खण्डको करिब २१ किलोमिटर सडकको ट्रयाक निर्माण गरिएको छ।नेपाल तर्फबाट भने विकट भू(बनावट लगायतका कारणले गर्दा ओलाङ्चुङगोलासम्म ट्रयाक पुर्‍याउनलाई लामो समय लागेको हो। यता ट्रयाक निर्माण भएपछि ओलाङ्चुङगोलासम्म यातायातका साधन पुग्न थालेको वडाध्यक्ष छेतेन लामा शेर्पाले बताउनुभयो।बर्खा मौसममा भने यातायातका साधन नचल्ने वडाध्यक्ष शेर्पाको भनाइ छ।तमोर नदीमा कम्तीमा तीन वटासम्म मोटर गुड्ने पुल निर्माण भएमा मात्र बर्खामा पनि यातायात सञ्चालनमा आउने छ।यस्तै ओलाङ्चुङगोलादेखि टिपतालातर्फ निर्माण भएको सडक मर्मत सम्भारसहित स्तरोन्नति गरिएमा मात्र यातायातका साधन सञ्चालन गर्न सकिने पनि वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

यसैगरी एकवर्ष अघि मात्र सडक पुगेको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेसहित अन्य केही वडामा पनि बर्खा सिजनमा यातायात सञ्चालन नहुने स्थिति रहेको छ।सबै वडामा सडक सञ्जाल पुगे पनि कच्ची ट्रयाक भएको र धेरै ठाउँमा मोटरेवल पुलको आवश्यक रहेकाले बर्खामा यातायात सञ्चालन नहुने अवस्था छ।मोटर गुड्ने पुल निर्माण भइसकेका क्षेत्र वा वडाहरुमा भने हिउँद बर्खा नै यातायात सञ्चालन हुँदै आएका छन्। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...