रामधुनी जाने सडकको स्तरोन्नतिको काम सुरु

Published on

काठमाडौं । पूर्वकै धार्मिक पर्यटकीय तीर्थस्थल रामधुनी मन्दिर आउने सडकको स्तरोन्नतिको काम थालिएको छ । झुम्का सिङ्गीया लालपुर हुँदै रामधुनी मन्दिर पुग्ने सडकको स्तरोन्नतिको काम सुरु गरिएको हो ।

कोशी प्रदेश सरकारको ३० लाख र संघीय सरकारको ५० लाख बजेटबाट सडकको स्तरोन्नतिका काम सुरु गरिएको छ । झुम्का नहरदेखि रामधुनी मन्दिरसम्मको सडक खाल्टा खुल्टी परेर बिग्रिदा मन्दिरमा आउने तीर्थयात्री र स्थानीय हरुलाई समस्या हुने गरेको थियो । रामधुनी नगरपालिकाले आफ्नो आन्तरिक श्रोतको एक करोड ५० लाख बजेट छुट्याए पनि ठेक्कामार्फत् १ करोड १४ लाख ५३ हजार १ सय ८४ रुपियाँ दश पैसाबाट रामधुनी ४ को बैठार चौकदेखि १८ सय ५० मिटर सडक कालो पत्रे गर्ने काम सुरु गरिएको वडा नम्वर ४ का वडाध्याक्ष कमल कार्कीले बताउनुभयो । उहाँका अनुसार रामधुनी मन्दिर जोड्ने लक्ष्यका साथ सडक कालो पत्रे गर्ने काम ठेक्कामार्फत् सुरु भएको छ । क्रमगत योजनाबाट सडकको कामलाई सुरु गरेका छौं । आगामी आर्थिक वर्षको बजेटमार्फत् रामधुनी मन्दिरसम्म बिग्रिएको सडक कालो पत्रे गरिने छ ।

अहिले बन्ने सडकको बेस साढे चार मिटर र कालो पत्रे चार मिटरको हुने वडाध्याक्ष कार्कीले बताउनुभयो । सडकको बेसको थिगनेस चार सेन्टीमिटर हुने बताइएको छ । सडकको ठेक्का अमाह जलकन्या कन्स्ट्रक्सन प्रालि वराहक्षेत्र ५, सुनसरीले ठेक्का पारेर सडकको काम गर्दै आएको छ । सडक २०८० चैत २१ गते काम सुरु गरेर २०८१ असार १० गते भित्र सम्पन्न गर्नु पर्ने सम्झौता भएको रामधुनी नगरपालिकाले जनाएको छ । रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार रामधुनी मन्दिरमा आउने बाटो बिग्रिदा दर्शन गर्न आउने आन्तरिक र वाह्य तीर्थयात्री हरुलाई समेत समस्या हुने गरेको थियो । प्रकाशपुर, राजावास, सालवनी, इक्राइका स्थानीय हरुलाई पूर्व पश्चिम राजमार्गको झुम्कासँग जोड्ने छोटो दुरीको सडकको स्तरोन्नति नहुँदा तीर्थयात्री र स्थानीहरुलाई समस्या हुने गरेको थियो । रामधुनी मन्दिर आफ्नै किसिमको महत्व र अस्तित्व बोकेको एउटा धार्मिक पौराणिक ऐतिहासिक धरोहरका रुपमा परिचित रहेको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्याक्ष रामप्रकाश कोइरालाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...