टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्न माग

Published on

काठमाडौं । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको स्तरोन्नतिको माग गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धनबहादुर मास्कीले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनलाई मागपत्र पेश गर्नुभएको छ ।

सांसद मास्कीले मन्त्री पुनलाई आइतबार सो मागपत्र पेस गर्दै सङ्घीय सरकारले ल्याउन लागेको आगामी वर्षको बजेटमा सो विमानस्थल स्तरवृद्धिको आयोजनालाई बहुवर्षीय योजनाअन्तर्गत समावेश गर्न माग गर्नुभएको हो । टरिगाउँ विमानस्थल लुम्बिनी प्रदेश राजधानीको एउटा महत्त्वपूर्ण संरचना रहेकाले यसको विस्तार आवश्यक रहेको भन्दै अर्थमत्री पुनलाई ध्यानाकर्षण गराएको सांसद मास्कीले राससलाई जानकारी दिनुभयो । त्यस अवसरमा अर्थमन्त्री पुनले टरिगाउँ विमानस्थलका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको पनि सदस्य मास्कीले बताउनुभयो।

यो विमानस्थलको धावनमार्ग सात सय ५० मिटर लामो रहेकाले १९ सिटे ट्वीनअटरभन्दा ठूला जहाज बस्न सक्ने अवस्था छैन । यसकारण पनि यहाँ उडान नियमित हुने गरेको छैन भने रु १० हजारसम्म एकतर्फी भाडा रहेकाले यात्रुलाई असुविधा भएको छ । धावनमार्गलाई ७२ सिटे जहाज बस्न सक्नेगरी स्तरोन्नति गर्नुपर्ने र नियमित उडान गरी भाडादर कम हुनुपर्ने माग स्थानीयको रहेको छ । यो विमानस्थल दाङको समृद्धिसँग जोडिएको प्रदेशसभा सदस्य मास्कीको भनाइ छ । विसं २०११ देखि सुरु भएको नेपालकै पुरानोमध्येको टरिगाउँ विमानस्थलमा नियमित उडान नहुँदा स्थानीयलाई असुविधा भएको छ । रासस

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...