पापुङमा एक घर जलेर नष्ट

Published on

काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –५ पापुङमा एक घर जलेर नस्ट भएको छ । पापुङका वडाध्यक्ष ग्यान्जे शेर्पाका अनुसार आइतबार (आज) दिउँसो स्थानीय नुपु लामाको घरमा आगलागी भएको हो ।

पापुङ, किलिङ टोलका लामाको ढुङ्गा, माटो, काठ र जस्तापाताले बनेको घर आगलागी हुँदा करिव सात लाख रुपियाँ बढी मूल्य बराबरको धनमाल जलेर नस्ट भएको वडाध्यक्ष शेर्पाको भनाइ छ । आगलागीबाट घरमा भएको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सामग्री जलेर नस्ट भएको उहाँले बताउनुभयो । यता क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । आगलागीको कारण नखुलेको उहाँको भनाइ छ । गोरखापत्र

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...