पापुङमा एक घर जलेर नष्ट

Published on

काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –५ पापुङमा एक घर जलेर नस्ट भएको छ । पापुङका वडाध्यक्ष ग्यान्जे शेर्पाका अनुसार आइतबार (आज) दिउँसो स्थानीय नुपु लामाको घरमा आगलागी भएको हो ।

पापुङ, किलिङ टोलका लामाको ढुङ्गा, माटो, काठ र जस्तापाताले बनेको घर आगलागी हुँदा करिव सात लाख रुपियाँ बढी मूल्य बराबरको धनमाल जलेर नस्ट भएको वडाध्यक्ष शेर्पाको भनाइ छ । आगलागीबाट घरमा भएको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सामग्री जलेर नस्ट भएको उहाँले बताउनुभयो । यता क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । आगलागीको कारण नखुलेको उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...