तनहुँमा अदुवा उत्पादन बढ्यो

Published on

काठमाडौं । तनहुँमा यस वर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ । अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्लो समय बाँदरले दुःख दिन थालेपछि किसान अदुवाखेतीतर्फ लागेका छन् ।

चालु आर्थिक वर्ष २०८०-८१ मा पाँच हजार छ सय ७९ मेट्रिक टन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । चालु आवमा पाँच सय २४ हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएको थियो । गत आव २०७९-८० मा पाँच हजार छ सय ५४ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । त्यतिबेला पाँच सय २२ हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएको थियो । व्यास नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा व्यावसायिक रूपमा अदुवाखेती हुँदै आएको छ । पछिल्लो केही वर्षयता बाँदरले दुःख दिन थालेपछि किसान अदुवाखेतीमा आकर्षित भएको पाइएको छ । बाँदरले अदुवामा क्षति नपुर्‍याउने भएकाले किसान यसतर्फ बढी आकर्षित छन् । ज्ञान केन्द्रले मसला तथा निर्यातयोग्य बाली उत्पादन, प्रशोधन तथा बजारीकरण सहयोग कार्यक्रममार्फत अदुवा उत्पादक किसानलाई सहयोग गर्ने कार्यक्रम रहेको परियारले जानकारी दिनुभयो ।

स्थानीय तहले अदुवा उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेपछि पनि किसान अदुवाखेतीमा लागेका छन् । घिरिङ गाउँपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान वितरण गरिरहेको छ । निर्वाहमुखी खेती गरिरहेकालाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति ल्याएको छ । गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङमा उत्पादित अदुवा विभिन्न जिल्लामा निर्यात गर्न सकिने भएकाले किसानलाई व्यावसायिक बनाउन खोजिएको बताउनुभयो । गाउँपालिकाले प्रतिव्यक्ति रु पाँच हजारका दरले अनुदान दिँदै आएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...