मतदान केन्द्रमा पठाइयो कर्मचारी

Published on

काठमाडौं । इलाम–२ को उपनिर्वाचन आउन चार दिन मात्रै बाँकी छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदानमा खटिने कर्मचारीहरुलाई निर्वाचन सामग्रीहरु बुझाएको छ ।

कार्यालयले मङ्गलबार टाढा जाने कर्मचारीहरुलाई प्राथमिकता दिँदै कर्मचारीको सेवा सुविधासहित निर्वाचन सामग्री दिएको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई निर्वाचन सामग्रीसहित पठाउन थालिएको कार्यालयले जनाएको छ । कार्यालयले बुधबार बेलुकासम्ममा इलाम– २ का ७९ मतदान स्थलमा रहेका एक सय ४९ केन्द्रमा सबै कर्मचारी पुगि सक्ने जनाएको छ । मतदान अधिकृत र कर्मचारीले सियोदेखि मतपेटिकासम्मका ४० सामग्री लिएर मतदान केन्द्रमा पुग्ने छन् । कर्मचारी र सामग्रीसँगै सुरक्षाकर्मी पनि जाने जिल्ला सुरक्षा समितिले जनाएको छ । सबै मतदान केन्द्रलाई अति संवेदनशीलमा राखेको सुरक्षा समितिले यसपटक निर्वाचन सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था अपनाइएको जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि एक हजार ५२३ जना नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र सात सय नेपाली सेना र अनुसन्धानका १५ जना परिचालन हुने छन् । जसमा नेपाली सेना र सशस्त्र प्रहरी भने ‘फिल्ड’मै रहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘सशस्त्र र सेना फिल्डमा छन् । बुथमा खटिने नेपाल प्रहरी कर्मचारीसँगै भोलि बेलुका ४ बजेसम्ममा पुग्ने छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...