मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु

Published on

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकाका पाँच वडामा नौ वटा सिँचाइ योजनाको काम सुरु भएको छ । कृषकको खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउन वडा नम्बर ३, ४, ५, ६ र ७ मा सिँचाइ योजनाको काम सुरु गरिएको हो ।

खाद्यबाली, तरकारी र फलफूल उत्पादन वृद्धि गर्न खेतीयोग्य जमिनमा सिँचाइ योजनाको काम उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार र सङ्घ सशर्त अनुदानबाट विनियोजित दुई करोड २० लाखबाट ती योजना सुरु भएको सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर अमरबहादुर पालले जानकारी दिनुभयो । सिँचाइ कार्यालयका अनुसार पट्रेनी सिँचाइ योजनामा २५ लाख, बडापानीमा १५ लाख, आमखोलामा १५ लाख, मौतोलीमा १५ लाख, माथिल्लो बारेगडामा २० लाख, बागेरवामा २० लाख, पटघारीमा २५ लाख, ओखडेको कोटमा २० लाख र अप्रीखोलामा २५ लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरी मोहन्याल गाउँपालिका(३ मा एकीकृत ऊर्जा तथा सिँचाइ विशेष कार्यक्रमअन्तर्गत सङ्घ सशर्त अनुदानमार्फत रागमलेखा लिफ्ट सिँचाइ योजनाका लागि ५० लाख बजेट विनियोजन गरिएको कार्यालय प्रमुख पालले बताउनुभयो ।

सो योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई कार्यान्वयनको चरणमा रहेको छ । खाद्यबाली, तरकारी र फलफूलखेतीको सम्भावना बोकेको मोहन्यालका किसानले सिँचाइ अभावका कारण आकाशे पानीका भरमा खेती गर्दै आएका थिए । सिँचाइ योजना सम्पन्न भएपछि सधैँका लागि समस्या समाधान हुने स्थानीय टेकेन्द्र बोगटीले बताउनुभयो । निर्माण सुरु गरिएका योजनामध्ये तीन वटा क्रमागत र बाँकी योजना नयाँ हुन् । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...