इलामकको सप्तमाइ मतदान केन्द्रमा महिला कर्मचारीले मात्र मतदान गराउँदै

Published on

काठमाडौं । इलामको निर्वाचन क्षेत्र नं। २ अन्तर्गत इलाम नगरपालिका–५ को सप्तमाइ अध्ययन तथा अनुसन्धान मतदान केन्द्रमा मतदान गराउने जिम्मा महिलालाई दिइएको छ ।

सप्तमाइ अध्ययन तथा अनुसन्धान केन्द्रलाई नमुना मतदान केन्द्रका रुपमा परिभाषित गर्दै मतदानको सबै जिम्वेवारी महिलालाई मात्रै दिइएको हो । उक्त केन्द्रका मतदान अधिकृत सहायक मतदान अधिकृत र मतदान कर्मचारी सबै महिला रहनुभएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । पाँच सय ४५ मतदाता रहेको उक्त केन्द्रमा पाँच जना महिला कर्मचारी खटाइएको छ । उक्त केन्द्रमा स्वास्थ्यकर्मी तारा श्रेष्ठलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । साथै केन्द्रमा महिला प्रहरी मात्र खटाइएको छ भने धमाधम मतदान भइरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...