सिधाकुरा डटकमलाई काउन्सिलको २४ घण्टे स्पष्टीकरण

Published on

काठमाडौं । प्रेस काउन्सिल नेपालले सिधा कुरा डट कमका सम्पादकलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा तथा कान्तिपुर मिडिया प्रालि।का अध्यक्ष कैलाश सिरोहियालाई जोडेर लेखेको समाचार भ्रामक भएको भन्दै काउन्सिलले स्पष्टीकरण सोधेको हो ।

‘चारसय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्ट्रिङ अपरेशन’ कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । ‘यस किसिमको भ्रामक सामग्री के कसरी सम्प्रेषण हुन गएको हो । सो को जवाफ पेश गर्न निर्णयअनुसार सूचित गरिन्छ’ काउन्सिलका अधिकृत सुवास राईद्वारा सिधाकुरालाई सोधिएको पत्रमा उल्लेख छ । यता अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले प्रेस काउन्सिललाई निवेदन लेख्नुहुँदै सिधाकुरा डट कमलाई कारवाहीको माग गर्नुभएको छ । वैशाख १४ गते प्रकाशित सो समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ भन्दै अध्यक्ष थापाले लेख्नुभएको छ, यो सामग्री मेरो चरित्रहत्या र मानमर्दन गर्न तथा मसँग जोडिएका संस्थहरु समेतलाई बदनाम गर्न बदनीयतपूर्ण तथा कसैको प्रायोजन र उक्साहटमा गरिएको तथ्यहीन र भ्रामक खेती हो ।”

सो अनलाइनले लेखेको समाचार पत्रकारिताको मूल्य मान्यता र आचारसंहिताको ठाडो उल्लङ्घन मात्र नभइ, देशको कानुनको वर्खिलाप समेत रहेको उहाँले दावी गर्नुभएको छ । उहाँले काउन्सिललाई लेखेको पत्रमा भनिएको छ, “दूराचारयुक्त समाचारप्रति नेपालको कानुनको फौजदारी अपराध संहिता समेत आकर्षित हुने हुनाले यहाँको संस्थाले आफ्नो दायराभित्र पर्ने उचित कानुनी पहल समेत यथाशीघ्र चलाइदिन हुन अनुरोध गर्दछु । प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुषालले संलग्न कागजातसहित प्रारम्भिक अध्ययन र अनुगमन गर्दा समाचार पुष्टि हुन सक्ने अवस्था नदेखिएकाले २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोधिएको बताउनुभयो । तथ्यहीन र भ्रमपूर्ण समाचार प्रकाशन गर्दा व्यक्तिको मानहानी हुने हुँदा त्यस्तो समाचार पुनः नदोहोरियोस् भन्नेमा काउन्सिलले गम्भीरतापूर्वक सचेत गराउने उहाँले बताउनुभयो । सिधाकुरा डट कमबाट अहिलेसम्म स्पष्टीकरणको जवाफ आइनसकेकाले सो पत्रको जवाफ हेरेर थप कारवाही प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...