सुनसरीको भोक्राहामा सुविधा सम्पन्न प्रसूति गृह निर्माण हुने

Published on

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ स्थित स्वास्थ्य चौकी भोक्राहा परिसरमा बर्थिङ्ग सेन्टर(प्रसूति गृह) भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर(प्रसूति गृह) निर्माणका लागि शिलान्यास गरिएको हो । भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले प्रसूति गृह भवनको शिलान्यास गर्नुहुँदै महिलाहरुका लागि प्रसूति सेवामा सहजताका लागि काम अगाडि बढाएको बताउनुभयो । आजादले महिलाहरु धरान, बिराटनगर र इनरुवाको अस्पताल धाउनुपर्ने बाध्यता भएकाले त्यसलाई अन्त्य गर्न स्थानीयस्तरमै विशेषज्ञसहितको सहज सेवा उपलब्ध गराउने गरी सुविधा प्रसूति गृह निर्माणका लागि शिलान्यास गरिएको बताउनुभयो ।

आजादले प्रसूति गृहबाट प्रसूति विशेषज्ञसहित स्वास्थ्यकर्मीको टोलीले नियमित सेवा प्रदान गर्ने जानकारी दिनुभएको छ । अहिले रहेको पुरानो भवनको प्रसूति गृहबाट गर्भवती महिलालाई उपलब्ध गराइने निःशुल्क सुविधाहरू नियमित गर्भवती जाँच, आइरन चक्की वितरण, धनुष्टंकार विरुद्धको खोप (टि.टि. खोप) र प्रसूति सेवा नियमित सञ्चालन भइरहेको बताउनुभयो । प्रसूति गृह भोक्राहा नरसिंह गाउँपालिका तथा सेभ द अर्थको संयुक्त साझेदारीमा निर्माण सम्पन्न हुने स्वास्थ्य शाखा प्रमुख हिरा साहले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...