स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित

Published on

काठमाडौं । निस्दी गाउँपालिका–५, पिपल भञ्ज्याङ्गमा भएको स्वास्थ्य शिविरबाट तीन सय बढी नागरिक लाभान्वित भएका छन् । एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट निस्दी गाउँपालिका ३, ४ र ५ का तीन सय १५ नागरिकले सेवा लिएका हुन् ।

शिविर जुनतारा समाज पिपल भञ्ज्याङ्ग र रोटरी क्लव अफ रामपुरको संयुक्त आयोजना तथा पाल्पा मेट्रोसिटी हस्पिटल प्रा.लि।रामपुर पाल्पाको प्राविधि सहयोगमा भएको थियो। शिविरको शुभारम्भ गर्दै निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले स्वास्थ्य शिविरले समय मै रोगको पहिचान गरी निराकरण गर्न सहयोग गर्ने बताउनुभयो । सहजै स्वास्थ्य सेवा प्राप्त गर्न पाउनु नागरिकको हक रहेको भन्दै पालिकामा १५ शैयाको अस्पताल निर्माण भैरहेको र स्वास्थ्य संस्थालाई थप व्यवस्थित बनाउने कार्य भैरहेको बताउनुभयो । निस्दी गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले शिविरले सेवासँगै स्वास्थ्य सचेतनामा सहयोग गरेको बताउनुभयो । जापानिज नागरिक काजुमासा काकिमी ओके बाजेले सबैभन्दा ठूलो कुरा स्वास्थ्य रहेको बताउनुभयो ।

रोटरी क्लव अफ रामपुरका अध्यक्ष सागर प्रसाद देवकोटाले गाउँमा रहनुभएका नागरिकको सहजताका लागि शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । जनता आधारभूत विद्यालयमा भएको शिविरबाट निस्दी ३, ४ र ५ का विभिन्न टोलका तीन सय १५ जनाले सेवा प्राप्त गरेको जुनतारा समाजका अध्यक्ष तिल बहादुर राक्सेले जानकारी दिनुभयो । शिविरमा महिला तथा प्रसुती रोग, जनरल फिजिसियन, भिडियो एक्सरे, ईसिजि, मधुमेह जाँच सेवा प्रदान गरिएको थियो । साथै निःशुल्क औषधी वितरण समेत गरिएको छ । स्वास्थ्य परीक्षणका लागि आउनु भएका विरामीमध्ये २० प्रतिशतमा उच्च रक्तचाप, ३० प्रतिशतमा मधुमेह, १० प्रतिशतमा पेट सम्बन्धी समस्या देखिएको पाल्पा मेट्रोसिटी हस्पिटल प्रा।लि।का सञ्चालक डाक्टर भिमसेन सुनारले जानकारी दिनुभयो । शिविरमा डा। भिमसेन सुनार संगै डा। रमेश यादव, डा। सञ्जिव रावल र डा। कामना धौवञ्जर सहितका स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...