‘सत्ता समीकरण फेरबदल हुने अवस्था छैन’

Published on

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सत्ता समीकरण फेरबदल हुने अवस्था नरहेको बताउनुभएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सिंहदरबारमा शनिबार सम्बोधन गर्दै उहाँले अहिलेको समीकरण राजनीतिक र वैचारिक रूपमा निर्माण भएकाले तत्काल केही नहुने दाबी गर्नुभयो ।

प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू सरकार ढाल्न प्रयास गरेकोसम्बन्धी प्राप्त भएका सूचना बैठकलाई जानकारी गराउनुभएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताउनुभयो । प्रतिपक्षी दलले सरकार ढाल्न प्रयास जारी राखेको र कहाँ को कोसँग छलफल गर्नुभयो भन्ने सबै सूचना प्राप्त भएको कुरा प्रधानमन्त्रीले जानकारी गराउनुभएको बताउँदै पौडेलले “अहिले भर्खरै सत्ता समीकरण तलमाथि हुने अवस्था छैन । सत्ता समीकरण फेरबदल हुने अवस्था देखिँदैन । यो सत्ता साझेदार समीकरण पाँचै वर्ष जान्छ” भन्नुभयो । प्रतिपक्षीमा पुगेको दल सधैँ सरकार ढाल्ने र बनाउने काममा मात्रै लाग्नु ठिक नभएको धारणा व्यक्त गर्दै प्रधानमन्त्रीले अब संसद् बैठक सुचारु गर्न विपक्षी दलसँग संवाद गरेपछि सबै ठिकठाक हुने जानकारी दिएको सचिव पौडेलले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा सुझाव लिन राखिएको बैठकमा प्रधानमन्त्रीले आर्थिक सङ्कटका कारण ठुलो बजेट ल्याउन नसकिने जानकारी गराउनुभएको थियो । उहाँले थारै बजेटमा राम्रा र लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने दबाबमा भएकाले सुझाव दिन सांसदहरूलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले कुनै व्यक्तिविशेषलाई तोकेर संसदीय समिति बनाउन नसकिने विचार व्यक्त गर्दै समग्र सहकारी समस्यालाई समेटेर समिति बनाउन सकिने बताउनुभएको सचिव पौडेलले जानकारी दिनुभयो । “सहकारीको व्यक्तिविशेषलाई तोकेरभन्दा पनि समग्र विषयलाई हल गर्ने गरी संसदीय समिति बनाउन सकिन्छ । एउटा घटना विशेषलाई जोडेर समिति बनाउन सकिने अवस्था छैन । सम्पूर्ण विषयलाई एउटै डालोमा हालेर हल गर्ने गरी समिति बनाउन सकिन्छ । सहकारीको छानबिन गर्ने क्रममा उहाँ (उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने) को विषय पर्न सक्छ । यसबारे कांग्रेससँग छलफल गरेर निष्कर्षमा पुगिने छ,” पौडेलले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले एउटै व्यक्तिलाई सहकारीसँग जोडेर निरन्तर प्रहार गर्ने प्रवृत्ति ठिक नभएको बताउनुभएको थियो । 

माओवादी केन्द्रको संसदीय दलको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरूले रोजगारी वृद्धि र उत्पादनलाई प्राथमिकता दिएर बजेट ल्याउन सुझाव दिएको सांसद सूर्यमान दोङले जानकारी दिनुभयो । सरकारले यसै वैशाख २८ गते सङ्घीय संसद्को बजेट अधिवेशन बोलाएपछि माओवादी केन्द्रले दलको बैठक बोलाएर छलफल गरेको हो । 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...