सन्दिग्ध काश्मीर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या

Published on

काठमाडौं । भारत प्रशासित काश्मीरमा एउटा सैन्य ‘एस्कर्ट’ मा सन्दिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना घाइते भएको आधिकारिक विज्ञप्तिमा जनाइएको छ । विवादित काश्मीर क्षेत्रमा राष्ट्रिय निर्वाचनका लागि प्रचार भइरहेको छ ।

अज्ञात सङ्ख्यामा सशस्त्र आतङ्कवादीहरूले ‘एस्कर्ट’ मा आक्रमण गरेको वायुसेनाले विज्ञप्तिमा उल्लेख गरेको छ । उनीहरूले श्रीनगरको मुख्य सहरबाट दुई सय किलोमिटर दक्षिणमा पहाडी पुन्च क्षेत्रमा वायुसेनाको कम्तीमा एउटा ट्रकमा स्वचालित राइफलबाट गोली चलाएका थिए । शनिबार राति गोलीबारीमा वायुसेनाका पाँच कर्मचारी घाइते भएको र एक जनाको मृत्यु भएको थियो । मृत व्यक्ति कर्पोरल भएको पहिचान भएको छ । छिमेकी निर्वाचन क्षेत्रले अप्रिल १९ को भारतको आम निर्वाचनको पहिलो चरणमा भाग लिएको थियो र पुन्चका मतदाताहरूले यसै साता आफ्नो मतदान गर्ने कार्यक्रम तय गरिएको थियो तर भारतको निर्वाचन आयोगले हालका दिनहरूमा खराब मौसमका कारण मे २५ सम्मका लागि मतदान स्थगित गरेको छ ।

सन् १९४७ मा आफ्नो स्वतन्त्रतादेखि काश्मीर भारत र पाकिस्तानबिच विभाजित छ । दुवैले यस क्षेत्रमाथि पूर्णरूपमा दाबी गर्दछन् तर यो विभाजित रूपमा प्रशासित छ । सन् १९८९ देखि भारतीय शासनको विरोध गर्ने विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै भारत–नियन्त्रित काश्मीरमा विद्रोह सुरु गरेका छन् । द्वन्द्वमा हजारौँ नागरिक, सैनिक र उग्रवादी मारिएका छन् । अशान्त काश्मीर क्षेत्रमा निर्वाचनका लागि प्रचार अभियान तीव्र भएका कारण गत महिनादेखि यस क्षेत्रमा विद्रोही गतिविधिले तीव्रता पाएको छ । अप्रिलमा पूरा क्षेत्रमा तीन भिन्नाभिन्नै झडपमा तीन सन्दिग्ध विद्रोही मारिएका छन् भने एक प्रहरी अधिकारी र तीन सैनिक घाइते भएका छन् । सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले काश्मीरको सीमित स्वायत्ततालाई रद्द गरेर सुरक्षा नियन्त्रण बढाएपछि त्यसयता हिंसामा धेरै कमी आएको छ । भारतमा छ सातासम्म चल्ने राष्ट्रिय निर्वाचन गत महिना सुरु भएको थियो र जुन १ मा समाप्त हुनेछ । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...