‘मानसिक स्वास्थ्य समस्या जटिल बन्दै’

Published on

काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन जुम्लामा सम्पन्न भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको सम्मेलनले जुम्ला घोषणपत्रसमेत जारी गरेको छ । घोषणापत्रमा मानसिक स्वास्थ्य समस्याका रूपमा रहेको र देशमा उपलब्ध सेवा र विशेष मानसिक स्वास्थ्य जनशक्तिको अभाव पहिचान गर्दै त्यसलाई पूरा गर्न नवप्रवर्तन र सहकार्य गर्नुपर्ने उल्लेख छ ।

सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्यको नारासहित नेपालमा पहिलो पटक जुम्लामा यो सम्मेलन भएको हो । सम्मेलन हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहकार्यमा भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। मङ्गल रावलका अनुसार सम्मेलनमा अमेरिकाबाट चार र नेपालभरिबाट दर्जनभन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाता तथा अन्य चिकित्सक, स्वास्थ्यकर्मी गरी करिब २४५ स्वास्थ्यकर्मीको सहभागिता थियो । उपकुलपति डा। रावलका अनुसार सम्मेलनमा मानसिक रोगसम्बन्धी ५० भन्दा बढी शोधपत्र प्रस्तुत गरी त्यसमा छलफल भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...