तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

Published on

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजार तीन सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा रु एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ । त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन रु एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ । यसैगरी, चाँदी भने तोलामा रु ५० ले बृद्धि भएको छ । बिहिबार प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...