सम्भावित महामारी नियन्त्रण र रोकथाम सुरु

Published on

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी रोकथाम र नियन्त्रण गर्नका लागि ‘महामारी तयारी र प्रतिकार्य कोष’ परियोजना सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले परियोजनाअन्तर्गत विभिन्न रोगको सतर्कता र प्रारम्भिक चेतावनी, जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगायत क्षेत्रमा खर्च गरिने बताउनुभयो । “कुनै महामारी आयो भने तयारी गर्नका लागि परियोजना सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरसजस्तो महामारी फेरि नआउला भन्न सकिन्न । त्यसैले सम्भावित महामारीको क्षति कम गर्न, निदान र उपचारको तयारी गर्नका लागि परियोजना सञ्चालन गरिएको हो ।” सङ्घ, प्रदेश तहमा पनि परियोजना लागू गरिने छ । कूल एक करोड ८८ लाख अमेरिकी डलरमा सुरु भएको उक्त परियोजना विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र खाद्य तथा कृषि सङ्गठनको संलग्नतामा तीन वर्षसम्म सञ्चालन हुनेछ ।

उहाँका अनुसार विश्व स्वास्थ्य सङ्गठनमा आबद्ध रहेका देशले कोरोना भाइरसको बेला बनाएको कोषबाट नेपाललाई उक्त रकम प्राप्त भएको हो । महामारी कोषबाट परियोजना सञ्चालन गर्नका लागि विश्वभरिका एक सय ३३ देशबाट एक सय ७९ आवेदनमध्ये नेपालको प्रस्ताव छनोट भएको हो । नेपालमा २०७६ सालमा कोरोना भाइरस महामारी देखिएको थियो । कोरोना भाइरसको कारणले करिब १२ हजार मानिसको मृत्यु भइसकेको छ । रासस

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...