भारतीय बाटो हुँदै व्यास

Published on

काठमाडौं । व्यास गाउँपालिका–१ का व्यासी सौका समुदाय दार्चुला सदरमुकाम खलङ्गाबाट भारतको बाटो हुँदै व्यास पुगेका छन् । व्यासी सौकाको कुन्चा छाङरु, व्यास र टिङ्करमा बसोबास रहेको छ ।

छाङरुबाट १२ किलोमिटर दुरीमा रहेको टिङ्कर गाउँमा गत बुधबार पहिलो पटक कुन्चा पुगेको स्थानीयले बताएका हुन् । कुन्चा खलङ्गाबाट भारतको धार्चुला हुँदै पाँच दिन लगाएर पुनः नेपाल भित्रिने स्थान हो । धार्चुलाबाट महाकाली नदीको किनारैकिनार सीतापुलसम्म र त्यहाँबाट टिङ्कर खोलाको किनारैकिनार पैदल बाटो भएर टिङ्करका बासिन्दा कुन्चा पुगेको वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । उच्च हिमपात र जाडोका कारण ती गाउँका स्थानीय हिउँदमा दार्चुला खलङ्गामा बसाइँ सर्दै आएका छन् । हरेक वर्ष चैत, वैशाखमा भने आफ्नो थातथलो फर्किने गर्छन् । व्यासमा आफ्नो मौलिक संस्कृति र परम्परा अनुसार स्थानीयले पूजापाठ, पशुपालन र खेतीपाती व्यवसाय गर्दै आएका छन् । खलङ्गाबाट टिङ्करका लागि गाईवस्तु, खाद्यान्न र बन्दोबस्तीका सामानसहित हिँडेको समूह गाउँ पुगिसकेको स्थानीय नगेन्द्र तिङ्करीले बताउनुभयो ।

वैशाखदेखि कात्तिकसम्मको बसाइ गाउँमै हुने भएकाले स्थानीयले गाईवस्तुसँगै खाद्यान्न र बन्दोबस्तीका सामान पनि बोकेर लैजानुपर्ने समस्या रहेको छ । स्वदेशी भूमि प्रयोग गरी हिँड्ने बाटो मर्मत नहुँदा व्यासवासीले भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । स्थानीय योगेश बोहराले भारतीय बाटो प्रयोग गर्नुपर्दा भारतीय सुरक्षाकर्मीको दुव्र्यवहार सहनुपर्ने बाध्यता रहेको दुःखेसो राख्नुभयो । कुन्चा सार्ने बाटो भारत सरकारको निषेधित क्षेत्रमा पर्ने हुँदा व्यास जाँदा यहाँका स्थानीयले भारतीय पक्षको बहुयात्रा अनुमति लिएर जान पाउँछन् । गत वैशाखमा गृह सचिवको नेतृत्वमा सुरक्षा अङ्गका प्रमुखहरूले व्यास क्षेत्रको भ्रमण गरेका छन् तर पनि कुन्चा, छाङरु, व्यास र टिङ्कर बस्ने नेपाली नागरिक भारतको बाटो भएर आफ्नो भूमि आउनुपर्ने बाध्यता रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...