गाउँपालिकामा मातृ मृत्युदर घटाइँदै

Published on

काठमाडौं । बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले गाउँपालिले मृत्युदर घटाउने अभियान सुरु गरेको छ । नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन् । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशद्वारा नेपालगन्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी डुडुवाका जनप्रतिनिधिले मातृ मृत्युदर घटाउन विशेष ध्यान दिई प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बताएका छन् । डुडुवामा स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिएकाले मातृ मृत्युदर घटाउन रणनीति बनाएर काम गर्न आग्रह गर्दै गाउँका गर्भवती महिलालाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा प्रसूति गराउनुपर्ने सुझाव दिएका छन् ।

समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरी महिलालाई सचेत बनाउनु पर्ने डुडुवा –५, का वडा अध्यक्ष झंकबहादुर थापाले बताउनुभयो । निर्देशनालयले प्रस्तुत गरेको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा बाँके जिल्ला संस्थागत प्रसूति दर उच्च रहे पनि मातृ मृत्युदर बढेको छ । संस्थागत प्रसूति सेवामा १६८ प्रतिशतले सेवा लिएका छन् । डुडुवा गाउँपालिकामा ८३ प्रतिशतले सेवा लिएको निर्देशनालयका तथ्याङ्क अधिकृत मानबहादुर वलीले बताउनुभयो । उहाँको अनुसार डुडुवामा आर्थिक वर्ष २०८०–८१ मा दुई जना आमाको ज्यान गएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...