चितवनको विद्युत् समस्या अन्त्य हुँदै

Published on

काठमाडौं । पश्चिम चितवनको देवनगरमा निर्माण भएर पनि सञ्चालन हुन नसकेको विद्युत्को सबस्टेसन शनिबारबाट सञ्चालन भएको छ ।

शनिबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सबस्टेसनको उद्घाटन गर्नुभएको हो । स्टेसन सञ्चालनमा नआउँदा विद्युत्को भार धेरै भएर लोडसेडिङ वृद्धि भएको थियो । ३३÷११ केभी २०\२४ एमभिए क्षमताको सबस्टेसनको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा भइरहेको तीव्र सहरीकरणसँगै विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न सफल हुने बताउनुभयो । विद्युत्को बढ्दो मागलाई ध्यानमा राखेर पश्चिम चितवनको मेघौलीमा पनि अर्को स्टेसन सञ्चालनमा ल्याइने भन्दै उहाँले चार बिघा क्षेत्रफलमा सबस्टेसन निर्माण गर्न लागिएको जानकारी दिनुभयो । मेघौलीको सबस्टेसन सञ्चालनमा आएपछि सबै समस्या हट्ने बताउनुभयो । आउँदो ५० वर्षसम्मको मागलाई ध्यानमा राखेर गुरुयोजना निर्माण भएको छ । उहाँले त्यसै अनुरूप मेघौलीमा निर्माण हुने जानकारी दिनुभयो ।

भरतपुरका मुख्य सहरी क्षेत्र बाइपास रोड, पुलचोक गोन्द्राङ सडकमा भूमिगत विद्युतीकरण, ८० किमीमा स्मार्ट सडकबत्ती, बासपार्कमा चार्जिङ स्टेसन र थप १५० किमी सडकबत्तीको काम भइराखेको दाहालले बताउनुभयो । आउँदो तिहारसम्म सडकबत्तीको काम सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई अनुरोध गर्नुभयो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सहरहरूको ५० वर्षीय गुरुयोजना तयार भई त्यही अनुसार काम अगाडि बढाइएको बताउनुभयो । उहाँले नेपालको ९९ प्रतिशत जनताको पहुँचमा विद्युत् पुगेका तर चितवनका केही स्थानमा अझै पनि विद्युत् नपुगेकाले त्यहाँ छिट्टै पुग्ने गरी काम अघि बढाइएको जानकारी दिनुभयो । सबस्टेसनमा चार वटा फिडर रहेका छन् । सबस्टेसनले भरतपुर महानगरको वडा नं। ५, ६, ८, ९, १३, १४, १५, २२ र २३ मा विद्युत् वितरण गर्ने छ ।

नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो । गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेसनको लागत करिब साढे नौ करोड रुपियाँ रहेको आयोजना प्रमुख सङ्गीता कार्कीले जानकारी दिनुभयो । भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर वितरण केन्द्र अन्तर्गत ६५ हजार र चनौली वितरण केन्द्र अन्तर्गत ४५ हजार ग्राहक छन् । देवनगरले दुवै वितरणको ग्राहकलाई सेवा दिने भएपछि विद्युत्को लोडसेडिङ तथा भार क्षमताको समस्या हटेर जाने छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...