रिडीमा आँखा उपचार केन्द्र स्थापना

Published on

काठमाडौं । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडी बजारमा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ गुल्मी, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, सेभा नेपाल र रुरुक्षेत्र गाउँपालिकाको समन्वयमा रिडी बजारमा आँखा उपचार केन्द्रको सेवा शुभारम्भ गरिएको हो ।

सेवा शुभारम्भ गर्नुहुँदै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली नागरिकहरुलाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य अनुरुप यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको बताउनुभयो । आँखा सम्बन्धी रोगका धेरै बिरामीहरु लाभान्वित हुने भन्दै उहाँले आँखाको उपचार गराउन टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । नागरिकलाई चौबीसै घण्टा आँखा उपचार सम्बन्धी विभिन्‍न सेवाहरु केन्द्रबाट उपलब्ध गराइने उहाँको भनाइ छ । स्थापना गरिएको आँखा उपचार केन्द्रलाई नमुना आँखा उपचार केन्द्र बनाउन गाउँपालिकाले सधै सहयोग गर्ने बताइएको छ । नजिकै आँखा उपचार सेवा पाइने भन्दै स्थानीय नागरिकहरु निकै खुसी भएका छन् । रुरुक्षेत्र गाउँपालिका सधै नागरिकको सेवामा समर्पित रहेको भन्दै आँखा उपचारमा संवेदनशील बन्दै नागरिकलाई निस्शुल्क मोतियाविन्दुको शल्यक्रियाको व्यवस्था समेत मिलाएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।

यस जिल्लाको छैटौं आँखा उपचार केन्द्रका रुपमा रिडी बजारमा स्थापना गरिएको हो । रिडी बजार अन्य स्थानीय तह र अन्य जिल्लाको केन्द्रबिन्दु रहेको हुँदा केन्द्रले यस क्षेत्रका धेरैजसो नागरिकको आँखा उपचारमा ठूलो टेवा पुर्‍याउने विश्वास लिइएको नेपाल नेत्र ज्योति सङ्घ गुल्मीका सभापति अखिलेश्वर पाण्डेले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...