एमाले बाँके अध्यक्षमा तीनको उम्मेदवारी

Published on

काठमाडौं । नेकपा (एमाले) बाँके अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । एमाले बाँकेका वर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिसहित डिल्ली बिसी र निरक गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

नेतृत्व छनौटका लागि ४ सय ६८ जना प्रतिनिधि रहेका छन् । आइतबार हुने निर्वाचनमा उपाध्यक्ष पदको लागि इन्द्रबहादुर थापा, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्न खत्री, रवीन्द्र लम्साल र सुमनकुमार मल्लले उम्मेदवारी दिनु भएको छ । सचिव पदका लागि खिलप्रसाद भुसाल, दत्तप्रसाद आचार्य, बलराम भट्टराई, भीम ओलीबिच प्रतिस्पर्धा हुने भएको छ । महिला उपमहासचिव पदका लागि निर्मला सुनार, रचना श्रेष्ठ, शारदाकुमारी रेग्मी विश्वकर्माको उम्मेदवारी परेको छ । उपमहासचिव खुलातर्फ दीपककुमार बर्मा, किशोर थापा, सतिश निरौला र सोहनलाल यादवको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सुनिता शर्माले बताउनुभयो ।

लेखा संयोजकमा जगदीशचन्द्र शर्मा र शोभाखर अधिकारीको उम्मेदवारी परेको छ । लेखा उपाध्यक्षमा डिल्लीराम शर्मा, सचिव विश्वसेन गौतम र खुला सदस्यमा मोतीप्रसाद भुसाल सर्वसम्मत चयन हुनु भएको छ । लेखा सदस्य महिलातर्फ चन्द्रकला न्यौपाने, जमुना केसी र नन्दा घिमिरे सर्वसम्मत चयन हुनु भएको छ । कतिपय भूगोल, आदिवासी, जनजाति, मधेसी, युवा, पुरुष महिला, खुल्ला पुरुष, खुल्ला महिला लगायतमा आवश्यक सङ्ख्यामा मात्र उम्मेदवारी परेको छ । जेठ ४ गतेदेखि सुरु भएको एमाले बाँकेको जिल्ला अधिवेशनको उद्घाटन एमालेका महासचिव शङ्कर पोखरेलले गर्नुभएको थियो । सर्वसम्मतको प्रयास भइरहेपछि त्यसमा सहमति नजुटे आइतबार निर्वाचन हुने निर्वाचन मण्डलका सदस्य एमाले केन्द्रीय सदस्य मो। हारुनले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...