एमाले बाँके अध्यक्षमा तीनको उम्मेदवारी

Published on

काठमाडौं । नेकपा (एमाले) बाँके अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । एमाले बाँकेका वर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिसहित डिल्ली बिसी र निरक गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

नेतृत्व छनौटका लागि ४ सय ६८ जना प्रतिनिधि रहेका छन् । आइतबार हुने निर्वाचनमा उपाध्यक्ष पदको लागि इन्द्रबहादुर थापा, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्न खत्री, रवीन्द्र लम्साल र सुमनकुमार मल्लले उम्मेदवारी दिनु भएको छ । सचिव पदका लागि खिलप्रसाद भुसाल, दत्तप्रसाद आचार्य, बलराम भट्टराई, भीम ओलीबिच प्रतिस्पर्धा हुने भएको छ । महिला उपमहासचिव पदका लागि निर्मला सुनार, रचना श्रेष्ठ, शारदाकुमारी रेग्मी विश्वकर्माको उम्मेदवारी परेको छ । उपमहासचिव खुलातर्फ दीपककुमार बर्मा, किशोर थापा, सतिश निरौला र सोहनलाल यादवको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सुनिता शर्माले बताउनुभयो ।

लेखा संयोजकमा जगदीशचन्द्र शर्मा र शोभाखर अधिकारीको उम्मेदवारी परेको छ । लेखा उपाध्यक्षमा डिल्लीराम शर्मा, सचिव विश्वसेन गौतम र खुला सदस्यमा मोतीप्रसाद भुसाल सर्वसम्मत चयन हुनु भएको छ । लेखा सदस्य महिलातर्फ चन्द्रकला न्यौपाने, जमुना केसी र नन्दा घिमिरे सर्वसम्मत चयन हुनु भएको छ । कतिपय भूगोल, आदिवासी, जनजाति, मधेसी, युवा, पुरुष महिला, खुल्ला पुरुष, खुल्ला महिला लगायतमा आवश्यक सङ्ख्यामा मात्र उम्मेदवारी परेको छ । जेठ ४ गतेदेखि सुरु भएको एमाले बाँकेको जिल्ला अधिवेशनको उद्घाटन एमालेका महासचिव शङ्कर पोखरेलले गर्नुभएको थियो । सर्वसम्मतको प्रयास भइरहेपछि त्यसमा सहमति नजुटे आइतबार निर्वाचन हुने निर्वाचन मण्डलका सदस्य एमाले केन्द्रीय सदस्य मो। हारुनले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...