रेबिजको जोखिम बढेपछि कुकुरको बन्ध्याकरण सुरु

Published on

काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कुकुरले मानिसलाई टोकेका घट्ना बढ्न थालेपछि उपमहानगरमा रेबिजको जोखिम बढेको छ । दैनिकजसो कुकुरले टोकेर भेरी अस्पताल पुग्नेहरु बढ्दै गएपछि रेबिजको जोखिम कम गर्ने उद्देश्यले कुकुरको संख्या घटाउन नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरकी पशु शाखा प्रमुख लक्ष्मी शाहीका अनुसार नेपालगन्जमा कुकुरले टोकेर हुने रेबिजको जोखिम बढ्दै जाँदा कुकुरको बढ्दो सङ्ख्या घटाउन उपमहानगरले सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको हो । बन्ध्याकरण शिविरबाट हालसम्म सय भन्दा बढी सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको पशु शाखा प्रमुख शाहीले बताउनुभयो । उहाँले थप्नुभयो–“सामुदायिक कुकुरको सङ्ख्याका साथै रेबिज न्यूनीकरणका लागि यो अभियान सञ्चालन गरेका हौँ । नेपालगन्ज उपमहानगरमा रहेका २३० सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको उपमहानगरको पशु शाखाले जनाएको छ । पशु चिकित्सक सुरज चौधरीले पशु अधिकारका विरुद्धमा बन्ध्याकरण नभएको उल्लेख गर्दै सामुदायिक कुकुरको बढ्दो क्रमलाई घटाउनु यसको उद्देश्य रहेको बताउनुभयो । उहाँले रेबिजसँगै अन्य विभिन्न रोगको सङ्क्रमणबाट मानिसलाई जोगाउन पनि बन्ध्याकरण आवश्यक भएकाले यो अभियान सञ्चालन गरिएको प्रष्ट पार्नुभयो ।

पशु चिकित्सक चौधरीले बन्ध्याकरण भएपछि कुकुरले टोक्ने वा भुक्ने काम कम गर्ने जानकारी दिँदै कुकुर शान्त स्वभावको हुने बताउनुभयो । नेपालगन्जमा केही दिन यता निरन्तर भइरहेको विद्युत अनियमितताले बन्ध्याकरणमा समस्या भइरहेको उहाँको भनाइ छ । सो अभियान अन्तर्गत ‘डग क्याचर’ मार्फत कुकुरलाई समातेर बन्ध्याकरण गरिने गरिएको छ । कुकुरको बन्ध्याकरण गर्नुअघि उसलाई सुई लगाएर बेहोस बनाइने पशु विज्ञको भनाइ छ । सो बन्ध्याकरण अभियानका लागि छ लाखभन्दा बढी खर्च हुने बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...