मदन भण्डारी राजमार्ग दैनिक १२ घण्टा बन्द हुने

Published on

काठमाडौं । मदन भण्डारी राजमार्ग दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डमा २५ किलोमिटर सडक स्तरोन्नति कार्य गर्नका लागि जेठ १८ गतेदेखि असार १६ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने भएको हो ।

बिहान १० बजेदेखि साँझ ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सूचना जारी गर्दै जनाएको छ । सडकको केही स्थानमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका कार्य गर्न भन्दै मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको २५ किलोमिटर राजा सम्म समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । सडकमा कटिङ र स्तरोन्नति को काम गर्न करिब २२ वटा जेसिबी डोजर प्रयोग गरेर काम भइरहेको आयोजनाले जनाएको छ । राजमार्गमा ७० प्रतिशत सडकको कटिङको कार्य सकिएको समानान्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले जानकारी दिनुभयो । सडकमा सवारी साधनले काम गर्न अवरोध गर्ने भएपछि समय तोकेर बन्द गरेरै काम हुँदै आएको छ । सवारी साधनको वृद्धिसँगै पुरानो बाटोले साँघुरो हुँदै गएपछि रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक विस्तार हुँदैछ । पहिलो चरण २५ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे हुन लागेको हो । २०७९ साल फागुन २८ गते सम्झौता भई २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने समय अवधि छ । एक अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपियाँको लागतमा सडक स्तर उन्नति र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ । सडक बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीको अनुरोध छ । गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...