बाच्छी गाइले नब्याउँदै दियो दैनिक अढाई लिटर दुध

Published on

काठमाडौं । मोरङको पथरीशनिश्चरे –९ रिगुवाकी इन्दिरा गौतमले पाल्नु भएको बाच्छी नब्याएको कोरली गाईले दैनिक अढाई लिटर दुध दिन थालेको छ । गाईले २०८० साल भदौ १० गतेदेखि दैनिक दुध दिन थालको उहाँको भनाइ छ ।

गौतमले पाँच हजार रुपियाँमा स्थानीय पशु हाटबाट ९ महिनाको बाच्छी किनेर ल्याउनुभएको थियो । किनेर ल्याएको सात महिनापछि गाईको फाँचोमा दुध भरियो । गौतमले भन्नुभयो, “पशु चिकित्सकको सल्लाह बमोजिम दुहुन थाल्यौँ । सुरुमा बिहान २५० मिलिमिटर र साँझ २५० मिलिमिटर दुध दिएको गाईले पछि बिहान बेलुका एक–एक लिटर दुध दिन थाल्यो । अरू गाईजस्तै दुध दिन्छ । खाँदा स्वाद फरक छैन । ९ महिना भयो, हाल बिहान मात्र दुध दुन्छौं । पशु विज्ञ केन्द्र मोरङका वरिष्ठ पशु चिकित्सक डा। अजयकुमार साह उच्च हर्मोनको विकासका कारण नब्याएको गाईले दुध दिने गरेको बताउनुभयो । यो अत्यन्तै दुर्लभ केस हो । उहाँले फिल्डमा हिँड्दा अहिलेसम्म मुस्किलले ३–४ वटा गाईमा यस्तो भेटिएको बताउनुभयो । ‘मस्तिष्क ग्रन्थिबाट बन्ने शरीरको रसायन नै झोल बन्छ र दुध बनेर निस्कन्छ । दुध बन्ने प्रक्रिया सबै एउटै हो । तर नब्याएको गाईले हर्मोनमा गडबडी हुँदा दुध दिन्छ’, उहाँले भन्नुभयो । यो दुध खान कुनै समस्या नहुने डा। साहले बताउनुभयो । गाईधनी गौतमले पितृ कर्ममा गाईको दुध प्रयोग नगर्न आफूभन्दा बुढापाकाले सुझाएका कारण हालसम्म खानमा मात्र प्रयोग गरिरहेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...