चिनियाँ राष्ट्रपति र हङ्गेरीका प्रधानमन्त्रीबिच युक्रेन सङ्कटबारे छलफल

Published on

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार बेइजिङमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँग भेटवार्ता गर्नुभएको छ । वार्तामा नेताद्वयले युक्रेन सङ्कटबारे विचार आदानप्रदान गरेका छन् ।

हङ्गेरीका प्रधानमन्त्री ओर्बानले चिनियाँ नेता सीलाई युक्रेन र रुसको हालैको भ्रमणको बारेमा जानकारी दिनुभएको र राष्ट्रपति सीले युक्रेन सङ्कटको राजनीतिक समाधानलाई बढवा दिन ओर्बानले गरेको प्रयासको प्रशंसा गर्नुभएको छ । चीनका राष्ट्रपति सीले प्रारम्भिक युद्धविराम र राजनीतिक समाधान सबै पक्षको हितमा रहेको कुरामा जोड दिँदै युद्ध विस्तार नगर्ने, लडाइँमा वृद्धि नगर्ने र कुनै पनि पक्षले युद्ध रोक्न नचाहेको अवस्थामा यस्ता सिद्धान्त पालना गरेर परिस्थितिलाई शान्त पार्नु प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय समुदायलाई परिस्थिति सिर्जना गर्न र दुई पक्षबिच प्रत्यक्ष संवाद र वार्ताको पुनः प्रारम्भका लागि समर्थन प्रदान गर्न आह्वान गर्दै सबै प्रमुख देशहरूले नकारात्मक ऊर्जाको सट्टा सकारात्मक ऊर्जा दिए मात्र सकेसम्म चाँडो युद्धविराम हुनसक्ने उल्लेख गर्नुभयो । चीनले आफ्नै तरिकाले शान्ति वार्तालाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै आएको र सङ्कटको शान्तिपूर्ण समाधानका लागि अनुकूल सबै प्रयासलाई प्रोत्साहित र समर्थन गर्दै आएको राष्ट्रपति सीले उल्लेख गर्नुभयो । चीन र हङ्गेरीको आधारभूत प्रस्ताव र उनीहरूको प्रयासको दिशा एउटै भएको र चीन हङ्गेरी र सबै सम्बन्धित पक्षहरू सम्पर्कमा रहन इच्छुक रहेको उहाँले बताउनुभयो । रासस\सिन्ह्वा

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...