हरित पालिका निर्माण अभियान

Published on

काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिकाले हरित पालिका निर्माण अभियान सुरु गरेको छ । गाउँपालिकाले हरित पालिका निर्माणका लागि सडक किनार र पहिरो जान सक्ने ठाउँमा बाँस रोप्ने अभियान ल्याएको छ । त्यस्तै बाँझो जमिन र पाखोमा टिमुर तथा तेजपात र कपुर तथा बारीका कान्लामा कटहरका बिरुवा लगाउन सुरु गरेको छ । गाउँपालिकाले यो अभियानमा सहभागी हुन नागरिकलाई आह्वान गरेको छ ।

हरित पालिका निर्माण अभियान अन्तर्गत गाउँपालिकाले किसानको माग अनुसारका बिरुवा गाउँमा नै पु(याउने गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “वृक्षरोपणका लागि गाउँपालिकाले तीन हजार बाँसका कटिङ, तीन हजार टिमुर, तीन हजार कटहर, तीन हजार तेज पात र पाँच हजार कपुरका बिरुवा बन्दोबस्त गरेका छौँ । गाउँपालिकाले बिरुवा निःशुल्क प्राप्त गरेको र बस्तीसम्म निःशुल्क ढुवानीको व्यवस्था गरिरहेको छ ।” विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थालगायतका सार्वजनिक स्थलमा वृक्षरोपण गरिरहेको गाउँपालिका युवा परिषद्का कार्यकारी उपाध्यक्ष मदन खड्काले बताउनुभयो । एक व्यक्ति बराबर कम्तीमा ५० बोटबिरुवा रोप्नुपर्ने नीति अनुसार वृक्षरोपणका कार्यव्रmम सञ्चालन गरिरहेको खाँडादेवी गाउँपालिका–३ को कार्यालयले आठ हजार बढी विभिन्न प्रजातिका फलफूल तथा कफीका बिरुवा व्यवस्थापन गरेको छ ।

कार्यव्रmमका लागि चालु आर्थिक वर्ष २०८०\८१ मा विनियोजित पाँच लाख रुपियाँ बराबरको बजेटमा आठ हजार एक सय वटा विभिन्न प्रजातिका फलफूल तथा कफीका बिरुवाको व्यवस्थापन गरिएको वडाध्यक्ष पुष्कर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “एक हजार पाँच सय बोट आँप, चार सय बोट लिची, एक हजार विभिन्न प्रजातिका फलफूल तथा कफीका पाँच सय बोट एभोकार्डो, दुई हजार बोट कफी र दुई हजार सात सय बोट कागतीका बिरुवा व्यवस्थापन गरी वितरण गरिरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...