मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढ्दै

Published on

काठमाडौं । मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसको मकवानपुरमा बिरामी बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउन एकदेखि भदौ छ गतेसम्म जिल्लामा ४८ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् ।

महिला २८ र पुरुष २० जनामा स्क्रब टाइफस देखिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । स्क्रब टाइफसको सङ्क्रमण महिलाहरूमा बढी देखिएको छ । महिलाहरू पशुचौपायाको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा घाँस तथा सेउला सोत्तर गर्ने हुँदा बढी जोखिममा रहेकाले सरसफाइमा विशेष ध्यान दिन सूचना अधिकारी घिमिरेले अनुरोध गर्नुभयो । गत वर्षहरूमा पनि स्क्रब टाइफस देखिएपनि तथ्याङ्क भने सार्वजनिक भएको थिएन । स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

त्यस्तै चालु आवको भदौ छ गतेसम्म मकवानपुरमा डेङ्गुका बिरामी १३० जना पुगेका छन् । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगका बिरामी दिनहुँ थपिदै गएको तथ्याङ्क छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पुरुष ६० र महिला ७० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेङ्गु सङ्क्रमित भेटिएका छन् । यहाँ ४१ पुरुष र ५३ महिलागरी ९४ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । त्यस्तै मनहरी गाउँपालिकामा १५ जना, मकवानपुरगढी ७, बकैया गाउँपालिकामा ५, भीमफेदी गाउँपालिकामा ३ जनामा डेङ्गु पुष्टि भएको हो । बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा एक एक जनामा डेङ्गु पुष्टि भएको हो । अन्य जिल्लाका ३ जना र ठेगाना नखुलेको एक जनामा डेंगु पुष्टि भइसकेको छ । जिल्लाको इन्द्र सरोवर, राक्सिराङ गाउँपालिकामा र उत्तरी क्षेत्र थाहा नगरपालिकामा साउनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । गत आवमा जिल्लामा ८९१ जनामा डेङ्गु पुष्टि भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...