गृहमन्त्री लेखकको भनाइ

Published on

काठमाडौँ । रमेश लेखकले समाजमा लागुऔषध सेवन ,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
शुक्रवार महेन्द्रनगरमा एन प्याबसन कञ्चनपुरले आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्नुहुदै गृहमन्त्री लेखकले अहिले मुख्य चुनौतीका रुपमा लागुऔषध सेवन,आत्महत्या र सडक दुर्घटना रहेको बताउनुभयो ।

उहाँका पछिल्लो समय लागुऔषधले भयावय स्थिति रहेको बताउँदै यसको न्युनीकरणका लागि विद्यालय स्तरबाट अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । “समाजमा लागुऔषध,आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रुपमा देखिएको छ ।” गृहमन्त्री लेखकले भन्नुभयो–“लागुऔषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालन गर्नुपर्ने छ यसका लागि एन प्याबसनले विद्यालयस्तरबाटै सुरुवता गरोस ।” उहाँले लागुऔषधले घर घरका बालबालिकाहरु प्रभावित भइरहेकाले स्थानीय सरकार र निजी संघ संस्था सबैले गम्भीर रुपमा लिएर लागुऔषधको विरुद्धमा अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी उहाँले निजी तथा आवासीय विद्यालयहरुले शिक्षाको गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । “सरकारले संविधानमा नै निःशुल्क शिक्षा र अनिवार्य शिक्षाको व्यवस्था गरेका छौ ।” उहाँले भन्नुभयो–“त्यसकारण सामुदायिक विद्यालय राम्रो गुणस्तरका साथ अघि बढुन तीनै तहका सरकारले यसमा ध्यान दिनुपर्छ ।” उहाँले शिक्षाको क्षेत्रमा निजी र आवासीय विद्यालयको पनि महत्वपूर्ण भूमिका रहेको बताउँदै सार्वजनिक र सामुदायीक विद्यालयको गुणस्तर बढेको बताउनुभयो ।

“सरकारले निजी विद्यालयलाई पनि राम्रोसँग सञ्चालन गर्ने कुरामा सरकार लाग्ने छ ।” उहाँले भन्नुभयो–“शिक्षाको गुणस्तरसंग सम्झौता गर्ने कुरा,चर्को शुल्क लिने कुरामा सरकारले नियमन गर्नुपर्छ ।” उहाँले अहिले संघिय संसदमा विद्यालय सम्बन्धी विधेयक छलफलमा रहेको बताउनुभयो । “हामी शिक्षा विधेकयक पारित गरेर शिक्षाको क्षेत्रमा राम्रो कानुन निमार्ण गरेर शिक्षालाई अत्यन्त शुलभ, सरल र सबै नेपाली नागरिकको पहुँच हुन सक्ने तर्फ सरकार लाग्ने छ ।” त्यसैगरी उहाँले खेल महोत्वसले विद्यार्थीहरुको चौतर्फी विकासमा टेवा पुग्ने बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...