नदीले बगाउँदा बालक बेपत्ता

Published on

काठमाडौं । तनहुँमा मादीनदीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । व्यास नगरपालिका–३ देउरालीनगर, दमौली निवासी १५ वर्षीय रोनाल्ड थापा वेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालक व्यास नगरपालिका–४ स्थित कन्काई बोडिङ स्कुल कक्षा १० मा अध्यनरत हुन् । सोमबार घरबाट विद्यालयका लागि गए पनि विद्यालय नगई साथीसँग नदीमा पौडिन गएको खुल्न आएको छ । बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएका थिए । सोमबार दिउँसो मादीनदीले एक बालक बगाएको भनि प्रहरीमा सूचना प्राप्त भएको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

प्रनाउ रायका अनुसार जानकारी पाएलगत्तै खोजतलासका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको थियो । खोजी भइरहेको र हालसम्म फेला पार्न सकिएको छैन । अनुसन्धानका लागि बालकसँगै नदीमा नुहाउन गएका उनका दुई साथीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...