नदीले बगाउँदा बालक बेपत्ता

Published on

काठमाडौं । तनहुँमा मादीनदीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । व्यास नगरपालिका–३ देउरालीनगर, दमौली निवासी १५ वर्षीय रोनाल्ड थापा वेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालक व्यास नगरपालिका–४ स्थित कन्काई बोडिङ स्कुल कक्षा १० मा अध्यनरत हुन् । सोमबार घरबाट विद्यालयका लागि गए पनि विद्यालय नगई साथीसँग नदीमा पौडिन गएको खुल्न आएको छ । बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएका थिए । सोमबार दिउँसो मादीनदीले एक बालक बगाएको भनि प्रहरीमा सूचना प्राप्त भएको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

प्रनाउ रायका अनुसार जानकारी पाएलगत्तै खोजतलासका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको थियो । खोजी भइरहेको र हालसम्म फेला पार्न सकिएको छैन । अनुसन्धानका लागि बालकसँगै नदीमा नुहाउन गएका उनका दुई साथीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

काठमाडौं । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण आज

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवको शपथ ग्रहण आज (आइतबार) हुने...

सडक पूरा गर्न त्रियानब्बे करोडको सम्झौता

काठमाडौं । देशकै लामो भनिएको सैनामैना चक्रपथको अधुरो रहेको साढे १९ किलोमिटर सडक निर्माण...

रिभल्भरसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट रिभल्भरसहित एक जना भारतीय नागरिकलाई...