अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथनमा खुलातर्फ विशाल राई प्रथम

Published on

काठमाडौं । ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन (दौड) प्रतियोगितामा खुलातर्फ पाँचथरका विशाल राई प्रथम हुनुभएको छ । शनिबार आयोजित म्याराथनमा निर्धारित ४८ किलोमिटर दूरी चार घण्टा १६ मिनेटमा पूरा गर्दै राई प्रथम हुनुभएको हो । म्याराथनमा समग्र अर्थात् खुलातर्फ विजेता बन्नुभएका राईले एक लाख रुपियाँ नगद पुरस्कार पाउनुहुने छ । यस्तै, पुरुषतर्फ बझाङका करण रावल प्रथम हुनुभएको छ । रावलले निर्धारित ४८ किलोमिटर दूरी चार घण्टा १७ मिनेटमा पार गर्नुभएको छ ।

त्यस्तै, पुरुषतर्फ नै ताप्लेजुङका रमेश लिम्बू दोस्रो र सोलुखुम्बुका अर्जुन कुलुङ राई तेस्रो बन्नुभएको छ । निर्धारित दूरी क्रमशः लिम्बूले चार घण्टा २६ मिनेट र राईले चार घण्टा ३१ मिनेटमा पूरा गर्नुभएको छ । म्याराथनका पुरुष विधाका विजेताहरूमध्ये प्रथमले ५० हजार रुपियाँ, दोस्रो ३० हजार र तेस्रोले २० हजार रुपियाँ नगद पुरस्कार पाउने छन् । यता महिलातर्फ पनि विजेताले पुरुषकै झैँ समान पुरस्कार प्राप्त गर्ने छन् । म्याराथनमा १६ जना महिलाको सहभागिता रहेको र उहाँहरू निरन्तर दौडकै क्रममा रहनुभएको आयोजकले जनाएको छ । म्याराथनका लागि सदरमुकाम फुङ्लिङदेखि दौड सुरु भई तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा धाम पुगेर पुनः फुङ्लिङ आइपुग्नुपर्ने गरी दूरी निर्धारण गरिएको छ ।

यसैगरी, रेडपान्डा कोरिडोर क्षेत्रको रूपमा रहेको ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाबाट समेत प्रतियोगितामा प्रतिस्पर्धा गराई पुरस्कारको व्यवस्था गरिएको छ । उक्त तीन जिल्लाबाट सहभागी हुनेले प्रथम १५ हजार, दोस्रो १० हजार र तेस्रो हुनेले पाँच हजार रुपियाँ नगद पुरस्कार पाउने छन् । रेडपान्डा ९हाब्रे० को संरक्षणमा क्रियाशील संस्था हिमाली संरक्षण मञ्च ताप्लेजुङले सेप्टेम्बर २१ (असोज ५ गते) अन्तर्राष्ट्रिय रेडपान्डा दिवसका अवसरमा म्याराथन प्रतियोगिता आयोजना गरेको हो । विश्वमै दुर्लभ रेडपान्डाको संरक्षणप्रति जनचेतना अभिवृद्धि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेडपान्डा म्याराथन प्रतियोगिता आयोजना गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । गोरखापत्र

ताजा समाचार

लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन : संयुक्त राष्ट्रसङ्घ

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध...

श्रीलङ्कामा मतदान सुरु

काठमाडौं । श्रीलङ्काले आर्थिक सङ्कट माथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा अन्तर्राष्ट्रिय मुद्रा कोषको मितव्ययिता योजनामा...

जलवायु परिवर्तनबारे आवाज उठाउन आह्वान

काठमाडौं । जलवायु परिवर्तनले नेपाललाई पारिरहेको असरबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन आह्वान गरिएको छ । नेपाल...

अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

काठमाडौं । अस्ट्रेलियाको पर्थमा आयोजना भएको नेपाल महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।...