पत्नीको हत्या गरी राईले गरे आत्महत्या

Published on

काठमाडौं । इलामको सन्दकपुर गाउँपालिका– १ भित्तेमा एक व्यक्तिले पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । भित्तेका ४६ वर्षीय उजबहादुर राईले ४० वर्षीय पत्नी फूलकुमारी राईलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको र उजबहादुरले झुन्डिएर आत्महत्या गरेको भेटिएको इलामका एसपी प्रभुप्रसाद ढकालले बताउनुभयो ।

घटनास्थलमै रहनुभएका एसपी ढकालले घटना हिजो रातीको जस्तो देखिएको बताउनुभयो । सन्दकपुर–१ भित्तेमा एकान्त स्थलमा घर भएका उनीहरूको घरभन्दा मुनिपट्टि बाटो रहेको बाटोभन्दा तल फूलकुमारीको शव रगतपच्छे अवस्थामा भेटिएको ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार फूलकुमारीको टाउको पछाडिको भागमा धारिलो हतियार प्रयोग गरेको देखिएको छ । अहिले घटनास्थलको अनुसन्धान भइरहेको जनाइएको छ । दुवै जनाको शव पोस्टमार्टमका लागि आजै इलाम ल्याइने जनाइएको छ । राई दम्पतीका दुई छोरामध्ये एक छोरा विदेशमा र एक छोरा फिक्कलमा रहेको बुझिएको एसपी ढकालले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...