प्रदेश लोक सेवा आयोग अध्यक्षमा श्रेष्ठ नियुक्त

Published on

काठमाण्डौं । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठलाई नियुक्त गरिएको छ । बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो ।

आयोग अध्यक्षमा नियुक्त श्रेष्ठ यसअघि बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका पूर्व निर्देशकमा कार्यरत रहनुभएको थियो । मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसमा प्रदेश प्रमुखले गर्ने प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ । प्रदेश लोक सेवा आयोग ऐन २०७६ मा सिफारिस समितिमा बागमती प्रदेश सभाका सभामुख र प्रदेश सभाका विपक्षी दलका नेता सदस्य रहने व्यवस्था रहेको छ ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश लोक सेवा आयोग ऐन २०७६ दफा ३ को उपदफा ९१० बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा ९२० बमोजिम नवलपरासी जिल्ला ९बर्दघाट सुस्ता पूर्व० विनयी त्रिवेणी गाउँपालिका १ का श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गरिएको जनाइएको छ । आयोगका नवनियुक्त अध्यक्षको शपथग्रहण कार्यक्रम सोमबार हुने जनाइएको छ । श्रेष्ठलाई आयोग अध्यक्षमा नियुक्त गर्न सिफारिस गरेसँगै आयोगका सदस्य सुदर्शनप्रसाद ढकालले पदबाट राजीनामा दिनुभएको थियो ।

प्रदेश लोक सेवा आयोगको अध्यक्षमा आफूभन्दा कनिष्ठलाई नियुक्ति गरेकोमा असन्तुष्टि जनाउँदै ढकालले आयोगको सदस्यबाट शुक्रबार राजीनामा दिनुभएको हो । बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयले आयोग सदस्य ढकालले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष शुक्रबार नै राजीनामा बुझाउनुभएको जनाएको छ । आयोग सदस्य ढकालले आफूभन्दा कनिष्ठ व्यक्तिलाई आयोगको अध्यक्षमा नियुक्ति गरेकोले सदस्य पदबाट राजीनामा दिएको जानकारी दिनुभयो । उहाँले यसअघि नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएकालाई आयोगको अध्यक्षमा नियुक्ति गरिएकोमा अहिले सहसचिव तहका व्यक्तिलाई आयोग अध्यक्ष बनाएकोले राजीनामा दिएको बताउनुभयो । आयोगको अध्यक्ष गत चैतबाट रिक्त रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...