नेपालमा पहिलो र अग्लो हनुमान मूर्ति निर्माण हुँदै

Published on

काठमाडौँ । नेपालमा सबैभन्दा अग्लो हनुमानको मूर्ति नेपालगञ्जमा निर्माण हुँदै छ । उक्त मूर्तिको लम्बाइ १०८ फिट रहने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

मूर्तिको प्लेटफर्म र बेसको काम सकेपछि मूर्ति निर्माणको काम सुरु गरिएको उपमहानगरपालिकाका सिभिल इन्जिनियर सुरज शर्माले बताउनु भयो । अहिले भने खुट्टा बनिसकेको शर्माले बताउनु भएको छ ।

निर्माणको ठेक्काबट्टा जम्बुदिप कन्सट्रक्सन प्रा.लि. काठमाडौँले दुई वर्षभित्र सक्ने गरि लिएको छ । १७ मार्च २०२३ मा ठेक्का सम्झौता भएको थियो । र मूर्ति निर्माण गर्न जम्मा रु. १० करोड ११ लाख ५२ हजार ४९४ रुपैयाँ २९ पैसामा ठेक्का सम्झौता भएको इन्जिनियर शर्माले बताउनु भयो ।

मित्र राष्ट्र भारतमा राम मन्दिर बनेपछि नेपाल–भारत बिचको सम्बन्धमा अझै रङ्ग ल्याउन नेपालगञ्जमा हनुमानको मूर्ति बनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताउनु भयो । साथै धार्मिक पर्यटकहरुलाई पनि आकर्षित गर्न पवन पुत्र हनुमानको मूर्ति बनाइँदै छ ।

निर्माणको काम सम्पन्न भइसकेपछि नेपालगञ्जको धार्मिक पर्यटनमा निकै ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । किनकी भारतीय धार्मिक पर्यटकहरु यहाँ रहेको बागेश्वरी मन्दिर र जुँगे महादेवको दर्शन गर्न बार्सेनी हजारौँको सङ्ख्यामा आउने गरेका छन् । यो हनुमान मूर्तिले अयोध्यासँगको सम्बन्धमा कोसेढुङ्गा साबित हुने विश्वास उपमहानगरका इन्जिनियर शर्माले प्रकट गर्नु भयो ।

spot_img

ताजा समाचार

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड...

नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता...

माइक्रो बसमा अचानक आगलागी

काठमाडौँ । कोहलपुरबाट कैलालीतर्फ गइरहेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ।...

उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

काठमाडौं – उपहार मिडिया नेटवर्क प्रालि तथा उपहार खबर अनलाईन पत्रिकाका सञ्चालक तथा सम्पादक...