पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

Published on

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको छ । गुलरिया नगरपालिका –७ बस्ने पत्रकार एवं समाजसेवी कमलराज पौडेलले अक्षयकोष स्थापना गर्न एक लाख एक हजार एकसय ११ रुपियाँ सहयोग गरेपछि अक्षयकोष स्थापना भएको हो । बर्दियाका सञ्चारकर्मीलाई पत्रकारिता क्षेत्रमा टिकाई हौसला प्रदान गर्ने अभिप्रायले अक्षयकोष स्थापना गरिएको छ । अक्षय कोषबाट प्राप्त ब्याज रकमले बार्षिक एक जना पत्रकारलाई सम्मानसहित पुरस्कार प्रदान गर्ने नेपाल पत्रकार महासङ्घ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताउनुभयो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको विषयमा कलम चलाउनुका साथै अभियान चलाए कमलराज पौडेललाई बेलायतमा रहेको संयुक्त राष्ट्रवादी नेपाली सङ्गठनले ३०३ औं पृथ्वी जयन्तीको अवसरमा पृथ्वी पुरस्कार बापत सम्मानसहित एक लाख रकम पुरस्कार प्रदान गरेको थियो । पुरस्कारबाट प्राप्त रकम उहाँले अक्षयकोष स्थापनाका लागि रकमको चेक हस्तान्तरण गर्नुभयो । पौडेलले पुरस्कार रकम बर्दियाका पत्रकारलाई वृद्धि विकास तथा प्रोत्साहनमा सम्मानस्वरुप रकम हस्तान्तरण गरेको बताउनुभयो । उहाँले पत्रकारितामा काम गरिरहँदा पत्रकार पिरमर्का बुझेर अक्षयकोष स्थापना गर्न सुरु गरिएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले महासङ्घमा आबद्ध सम्पूर्ण जेहेन्दार तथा लगनशील पत्रकारलाई सहयोग पुग्ने उहाँले बताउनुभयो । उहाँले देशको सीमा, इतिहास र गौरव जोगाउन पत्रकारले एक भएर कलम चलाउन अनुरोध गर्नुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...