उत्तर कोरियाले पारिवारिक पुनर्मिलन केन्द्र भत्काउँदै छ : सियोल

Published on

काठमाडौँ । उत्तर कोरियाले कोरियाली युद्ध र देशको विभाजनबाट छुट्टिएका परिवारहरूको भावुक पुनर्मिलनको आयोजना गर्ने ठाउँलाई भत्काउन थालेको सियोलले बिहीबार बताएको छ । उत्तर कोरियाको कुमगाङ पर्वतमा सन् २०१८ मा अन्तिम पटक भएको पुनर्मिलन कोरियाली प्रायद्वीपको विभाजनको विनाशकारी मानवीय मूल्यको प्रमाण थियो । तर यी भेटघाटहरू अन्तर–कोरियाली राजनीतिको अधीनमा थिए र प्योङयाङद्वारा प्रायः वार्ताको साधनका रूपमा प्रयोग गरिन्थे ।

“माउन्ट कुमगाङ पुनर्मिलन केन्द्रको विध्वंस छुट्टिएका परिवारहरूको हार्दिक इच्छालाई कुल्चने अमानवीय कार्य हो”, सियोलको एकीकरण मन्त्रालयका प्रवक्ताले भने, “दक्षिण कोरियाले यस्ता कार्यहरू तत्काल रोक्न कडा आग्रह गर्दछ र कडा खेद व्यक्त गर्दछ, उत्तर कोरियाको एकपक्षीय विध्वंस कुनै पनि बहानाअन्तर्गत उचित हुन सक्दैन र उत्तर कोरियाली अधिकारीहरूले यस अवस्थाको लागि पूर्ण जिम्मेवारी लिनुपर्छ ।” सन् १९८८ देखि करिब एक लाख ३० हजार दक्षिण कोरियालीले आफूलाई ‘छुट्टिएका परिवार’ का रूपमा दर्ता गराएका छन् । सन् २०२५ सम्म आधिकारिक तथ्याङ्क अनुसार ती व्यक्तिहरूमध्ये करिब ३६ हजार जना अझै जीवित छन् । पचहत्तर प्रतिशतले आफ्ना आफन्तहरू जीवित छन् वा मृत छन् भन्ने थाहा नभएको बताएका छन् । केही भाग्यमानीलाई माउन्ट कुमगाङ रिसोर्टमा आयोजना गरिने सीमापार पुनर्मिलनमा भाग लिन छनोट गरिएको थियो ।

जीवनभरका लागि विछोड
उत्तर र दक्षिण कोरियाले पहिलो यस्तो पुनर्मिलन सन् १९८५ मा गरेका थिए, तर त्यस वर्षको पहिलो अन्तर–कोरियाली शिखर सम्मेलनपछि सन् २००० मा मात्र तिनीहरू नियमित कार्यक्रम बने । पुनर्मिलनहरू परिवारहरू रुँदै पुनर्मिलन हुने र छोटो दिनको भेटघाटपछि बिछोड हुने भावनात्मक दृश्यहरूले चिनिन्थे । उत्तर कोरियाले गत वर्ष संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्दै ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि दुई कोरियाबिचको सम्बन्ध अहिले सबैभन्दा तल्लो विन्दुमा पुगेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले गत वर्ष सियोललाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गर्नुभयो र आफ्नो सरकारको लामो समयदेखि रहेको पुनः एकीकरणको लक्ष्यलाई त्याग्नुभयो । प्योङयाङले कार्यकर्ताहरूद्वारा उत्तरतर्फ पठाइएका प्योङयाङ–विरोधी प्रचार पत्रहरूको बदलामा भन्दै फोहोर बोकेका बेलुनहरू दक्षिणतर्फ पठाएको छ । पुनर्मिलन कार्यक्रम प्रभावकारी रूपमा रोकिइसकेको छ जसले गर्दा हजारौँ छुट्टिएका परिवारलाई आफ्ना प्रियजनहरूलाई फेरि भेट्ने आशा क्रमशः कम हुँदै गएको छ । रासस/एएफपी

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...