सालक संरक्षणका लागि जनचेतनामूलक सडक नाटक

Published on

काठमाडौँ । उत्तरी मोरङको केरावारी–याङ्सिला क्षेत्रबाट सङ्कटापन्न अवस्थामा रहेको सालक चोरी तस्करी बढेपछि स्थानीय नमूना पर्माकल्चर सिकाई थलो याङ्सिलाले ‘तस्करी’ सडक नाटक प्रदर्शन गरेको छ । संसारभर फेव्रुवरीको तेस्रो शनिबार विश्वसालक सालक संरक्षण दिवस मनाइरहेको बेला मोरङको याङ्सिलामा सालक संरक्षणका लागि जनचेतना फैलाउन सडक नाटक प्रस्तुत गरिएको हो । मोक्ष थिएटरका कलाकारहरूले प्रस्तुत गरेको २२ मिनेटको नाटकमा किरण लिम्बू र रिना राई सालकको रुपमा प्रस्तुत हुनु भएको थियो ।

जङ्गलमा रमाइरहेको सालक गाउँहरूले जङ्गलमा घाँस दाउरा गर्न जाँदा देख्छन् । घाँस दाउरा गर्न गएका मध्ये अधिकांश सालक किसानको साथी हो, संरक्षण गर्नुपर्छ भनिरहेका थिए । तर, उनीहरू मध्ये कै तीर्थराज विश्वकर्माले सालकको बिक्री हुने र करोडौं पैसा कमाई हुने सुनेका रहेछन । त्यसपछि उनले गाउँले साथीहरूको कुरा नसुनि सालकको पक्रन्छन् । तर, गाउँघर कै साथीहरूले प्रहरीलाई सुनाइ दिन्छन् ।

प्रहरीले सालक चोरी गर्नेलाई पक्राउ गरेर जेल पठाउँछन् । सालक चोरी निकासी गर्नेलाई ५ लाख रुपियाँ र १० वर्ष कैद जरिवाना हुने सुनाइन्छ । त्यसपछि गाउँले सबैले सालक संरक्षणको प्रतिवद्धता गर्छन् । सडक नाटकमा एलिना रुम्दाली, मेनुका मगर, सन्दीप मादेन, प्रियङ्का राई र तीर्थराज विश्वकर्माले अभिनय गर्नुभएको छ । याङ्सिलाको सतिसालेमा भेला भएका सयौंले नाटक हेरेका थिए । नाटकले सालक संरक्षणमा टेवा पुग्ने स्थानीयको विश्वास रहेको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...