राष्ट्रियसभाः कर्मचारीमाथि दुर्व्यवहार भएकामा आपत्ति

Published on

काठमाडौँ । राष्ट्रसेवक कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिबाट भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना बढेकामा राष्ट्रियसभाका सांसदहरुले आपत्ति जनाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले कर्मचारीहरु जनप्रतिनिधिबाटै असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो । सांसद पदमबहादुर परियारले तनहुँको बन्दीपुर गाउँपालिका –६ का जनप्रतिनिधिले कर्मचारीलाई आक्रमण गरेकामा आपत्ति जनाउँदै छानबिनको माग गर्नुभयो । अर्का सांसद मनरुपा शर्माले पनि सोही घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग राख्नुभयो ।

सांसद रेणु चन्दले सबै प्रकारका विभेदको अन्त्य गर्न तथा विभेद गर्नेमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विष्णुदेवी पुडासैनीले काठमाडौंमा ढल निकास, खानेपानी, विद्युतलगायत संरचना निर्माणमा अन्तरनिकाय समन्वय हुनुपर्नेमा जोड दिनुभयो । सांसद रुक्मिणी कोइराला, विष्णुकुमारी सापकोटा, विष्णुबहादुर विश्वकर्मा, कृष्णप्रसाद अधिकारी, सावित्री मल्लले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको मृत्युको छानबिनका लागि सरकारले तत्काल पहल थाल्नुपर्नेमा जोड दिनुभयो । रासस

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...