वातावरण क्षेत्रमा चीनको नयाँ कदम : नवप्रवर्तन प्रवर्द्धन गर्दै

Published on

काठमाडौँ । चिनियाँ इकोलोजी तथा वातावरण मन्त्रालय र अन्य सरकारी निकायहरूद्वारा जारी दिशानिर्देशअनुसार चीनले हरित, सुन्दर चीन निर्माण गर्ने प्रयासको रूपमा पर्यावरण तथा वातावरण क्षेत्रमा वैज्ञानिक र प्राविधिक आविष्कारहरूलाई बलियो बनाउने वाचा गरेको छ । सन् २०३५ सम्म प्रविधि र उच्च–स्तर विज्ञान–टेक प्रतिभाको सुधार क्षेत्रको नवीनता प्रणालीको समग्र दक्षता उल्लेखनीय रूपमा बढाइनेछ । दिशानिर्देश अनुसार चीनले यस क्षेत्रको वैज्ञानिक र प्राविधिक प्रणालीको सुधारलाई गहिरो बनाउने र देशको पारिस्थितिक तथा वातावरणीय शासन क्षमतालाई थप सुधार गर्नेछ । यसले आविष्कारका लागि खुला र समावेशी वातावरण सिर्जना गर्नेछ । साथै, आधारभूत अनुसन्धान, प्रमुख प्राविधिक सफलता, वैज्ञानिक र प्राविधिक उपलब्धिको रूपान्तरण र स्थानान्तरणमा सुधार गर्ने योजनाहरू लागू गर्नेछ । यी योजनाहरुको कार्यान्वयन सुनिश्चित गर्न आर्थिक सहयोग र खुला सहकार्यलाई प्रवर्द्धन गरिने मन्त्रालयले जनाएको छ । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...