युद्धविरामको अर्को चरणका लागि वार्ता सुरु गर्न हमासको इजरायलसँग आग्रह

Published on

काठमाडौँ । हमासले इजरायलसँग गाजा युद्धविरामको अर्को चरणका लागि वार्तामा प्रवेश गर्न बिहीबार आह्वान गरेको छ । जनवरी १९ मा लागू भएको र गाजामा युद्ध धेरै हदसम्म रोक्न सफल पहिलो चरणको सहमतिअन्तर्गत बुधबार राति र बिहीबार बिहान गरिएको इजरायली मृत बन्धक र प्यालेस्टिनी बन्दीको अदलाबदलीपछि हमासले युत्रविरामको दोस्रो चरणमा प्रवेश गर्न माग गरेको हो । सम्झौताको पहिलो चरणअन्तर्गत हमासले २५ जना जीवित बन्धकलाई मुक्त गरेको छ भने अन्य आठ जनाको शव इजरायललाई फिर्ता गरेको छ । यसको बदलामा इजरायलले महिला र नाबालिकसहित करिब एक हजार ९०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सहमति भएको थियो ।

प्यालेस्टाइनी प्रिजनर्स क्लब एड्भोकेसी ग्रुपका अनुसार बुधबार राति फिर्ता गरिएका चार बन्धकको अवशेषको बदलामा इजरायलले बिहीबार ५९६ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ भने युद्ध सुरु भएपछि पक्राउ परेका गाजाका सबै महिला र नाबालिक गरी ४६ जना कैदीलाई रिहा गर्न बाँकी रहेको बताइएको छ । बिहीबार बिहान सयौं कैदीहरूलाई रिहा गरिएको गाजा र वेस्ट बैङ्कमा उपलब्ध एएफपीका सञ्चारकर्मीले जनाएका छन् । इजिप्टको राज्यसम्बद्ध अल–काहेरा न्यूजले इजरायली अधिकारीहरूले फिर्ता गर्नका लागि तोकिएकामध्ये ९७ जना गाजाको राफा सीमा पार गर्ने इजिप्टतर्फ आइपुगेको बताइएको छ । युद्धको स्थायी अन्त्यका लागि तय गरिएको सम्झौताको दोस्रो चरणका लागि वार्ता अझै सुरु हुन सकेको छैन । “हामीले दुश्मनको झूटो औचित्यको अगाडिको बाटो सफा गरेका छौँ र दोस्रो चरणका लागि वार्ता सुरु गर्नुबाहेक उसको कुनै विकल्प छैन,” हमासले टेलिग्राममा भनेको छ ।

बिहीबार रिहा भएका प्यालेस्टाइनी कैदीहरूलाई सप्ताहन्तमा रिहा गर्ने भनिएको थियो, तर सन् २०२३ अक्टोबर ७ मा भएको आकस्मिक र अकल्पनीय आक्रमणमा कब्जामा लिएका बन्धकहरूलाई सुपुर्दगी गर्न हमासले आयोजना गर्दै आएको भव्य समारोहलाई लिएर आक्रोश भएपछि इजरायलले यो प्रक्रिया रोकेको थियो । यसअघि हमासले चारै जना इजरायली शवलाई गोप्य रुपमा फिर्ता गरिने बताएको थियो । कफिन हस्तान्तरण गरिएको केही घण्टापछि गाजाबाट बन्धक बनाइएका सबैलाई रिहा गर्नुपर्ने पक्षमा वकालत गर्ने इजरायली समूहले बिहीबार हमासले फिर्ता गरेका चार शवको पहिचान ‘गहिरो दुःखका साथ’ पुष्टि गरेको छ । ओहाद याहलोमी, साची इदान, इट्जिक एल्गाराट र श्लोमो मन्सुरलाई अन्ततः इजरायलमा ल्याइएको र आवश्यक प्रक्रियापछि अन्त्येष्टिका लागि परिवारलाई जिम्मा लगाइने बन्धक तथा बेपत्ता परिवार मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘वार्ता सुरू हुन्छ’

वासिङ्टनमा मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उच्च दूतले इजरायली प्रतिनिधि युद्धविरामको अर्को चरणका लागि वार्ताका लागि तयार रहेको बताएका छन् । “हामीले धेरै प्रगति गरिरहेका छौं । इजरायलले अहिले एउटा टोली पठाउँदैछ,” स्टिभ विटकोफले अमेरिकी यहूदी समितिका लागि आयोजित एक कार्यक्रममा भन्नुभयो । “यो दोहा वा कायरोमा हुनेछ र इजिप्ट र कतारका अधिकारीहरूसँग फेरि वार्ता सुरु हुनेछ । दोस्रो चरणको वार्ताको बारेमा विटकोफको टिप्पणीबारे इजरायलले प्रतिक्रिया दिइसकेको छैन । लडाकूहरूले अझै पनि कब्जामा राखेका दर्जनौं बन्धकहरूको रिहाई पनि गर्नुपर्नेछ । युद्धविरामका बावजुद गाजामा छिटपुट हिंसाका घटना भने भएका छन् । इजरायली सेनाले बुधबार त्यहाँबाट क्षेप्यास्त्र प्रहार भएपछि विभिन्न प्रक्षेपण स्थलमा हवाई आक्रमण गरेको जनाएको छ । रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...