भारतीय खेलाडीलाई हराउँदै पुरुषोत्तम विजयी

Published on

काठमाडौँ । खुला रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालमा युवा खेलाडी पुरुषोत्तम सिलवालले जित्नुभएको छ । गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा पाँच दिनसम्म चलेको नगर मेयर कप खुला बुद्धिचालमा अपराजित रहँदै उपाधि जित्ने क्रममा सिलवालले भारतका मज इकबाललाई पछि पार्नुभयो । १९३७ रेटेड सिलवालले आठ अङ्क जोड्नुभएको थियो । उहशाँले ब्यक्तिगत ८८ फिडे रेटिङ्गसमेत बढाउन सफल हुनुभयो । उपाधिसँगै सिलवालले ५१ हजार रुपियाँ पाउनुभयो । यस्तै २०७० रेटेड एफएम क्षितिज भण्डारीले सात अङ्क जोड्लै दोस्रो हुनुभयो । समान सात अङ्क बनाउनुभएका भारतका मज इकबाल तेस्रो हुनुभयो । दोस्रोलाई २५ हजार र तेस्रोलाई १६ हजार रुपियाँ पुरस्कार प्रदान गरियो । नेपालका १९६५ रेटड सिएम सजिन महर्जनले चौथो बन्दै आठ हजार रुपियाा पाउनुभयो । यस्तै महिलामा नेपालकी सिन्दिरा जोशी उत्कृष्ट हुनुभयो । विजेतालाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपककुमार रिसाललगायतले पुरस्कार प्रदान गर्नुभयो ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...