नेपाल आउँदा खुशी छु : बुफोन

Published on

काठमाडौँ । इटालीलाई सन् २००६ को फिफा विश्वकप जिताउने विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन आइतबार नेपाल आइपुग्नुभएको छ । काठमाडौँमा जारी केपी ओली कप फुटबलको मुख्य पाहुनाको रुपमा बुफोनलाई नेपाल निम्त्याईएको हो । इटालीका महान फुटबलर बुफोनले नेपाल आउन पाउँदा आफु निकै खुशी भएको र सफना पूरा भएको बताउनुभएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बुफोनले आफुलाई नेपाल आउने अवर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद समेत दिनुभयो ।‘‘सुन्दर देश नेपाल आउन पाउँदा उत्साहित भएको छु । आजको दिन म र मेरी श्रीमतीका लागि अवस्मरणीय रहेको छ । केपी ओली कपको फाइनल हेर्नका लागि निकै उत्साहित छु,’’ बुफोनले भन्नुभयो ।

बुफोनलाई आइतबार बिहान केपी ओली कप आयोजक राष्ट्रिय युवा सङ्घ नेपालका पदाधिकारीले त्रिभुवन विमान स्थलमा स्वागत गरेका थिए । बुफोन नेपाल आउने विश्व फुटबलकै ठूलामध्येका एक खेलाडी हुनुहुन्छ ।सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच वटा विश्वकप खेल्ने बुफोनले इटालीका लागि एक सय ७६ अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । उहाँले इटालीको लागि मात्र ८० खेलमा कप्तानी गर्नुभएको छ । केपी ओली कपको फाइनलमा सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेलका लागि दुवै टोली तयार रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तान र प्रशिक्षकले बताएका छन् ।

फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ः०० बजे सुरु हुनेछ। मच्छिन्द्र उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा छ । मच्छिन्द्रले यसअघिको दुवै संस्करण जितेको थियो । यस्तैआर्मी पहिलोपटक केपी ओली कप चुम्ने तयारीमा छ । मच्छिन्द्रले आयोजक केपी ओली एफसीलाई तथा आर्मीले सङ्ककटालाई हराएर फाइनल प्रवेश गरेको हो । फागुन ११ गतेदेखि सुरु भएको केपी ओली कपमा नौ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताके विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...