नकैया सिमसारमा ३० लक्ष्मण सारस

Published on

काठमाडौँ । कञ्चनपुरमा रहेको नकैया सिमसार क्षेत्रमा ३० वटा लक्ष्मण सारस देखा परेका छन् । बेलौरी नगरपालिका –७ मा रहेको सो सिमसार क्षेत्रमा मंगलबार (फागुन २० गते) सो संख्यामा लक्ष्मण सारस देखा परेका हुन् । नेपाल–भारतमा बस्ने यो प्रजातिको सारस हिउँदे आगन्तुक मानिन्छ । जाडो याममा नेपालको विभिन्न ठाउँमा देखा पर्ने गर्दछन् । चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बनिरहेको नकैया सिमसारमा विभिन्न समयमा सारस प्रजातिका चरा देखा पर्दैआएको चराविद हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँका अनुसार यस वर्ष सो क्षेत्रमा दुर्लभ सारस क्रेन पनि देखा परेका थिए । नकैया सिमसार क्षेत्रमा विभिन्न प्रजातिका जलपन्छी पाइने गरेको नेचरगाइड सुवन चौधरीले बताउनुभयो । सारसलाई सिमसारको सूचकको रुपमा लिइने गरिन्छ । सारसको उपस्थितिले सिमसारको अवस्था तुलनात्मक रुपमा राम्रो रहेको बुझिन्छ । नेपालमा लक्ष्मणसहित सारस क्रेन, कर्याङकुरुङ, कालो टाउके सारस गरेर चार प्रजातिका सारस पाइने गरेका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...