युनको महाभियोगको फैसलापछिको ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थामा कडाइ

Published on

काठमाडौँ । युन सुक येओलको महाभियोगको फैसलापछिको सम्भावित ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थालाई कडा पारिएको सियोल प्रहरीले जनाएको छ । दक्षिण कोरियाका प्रहरी प्रमुखले देशको निलम्बित राष्ट्रपतिविरुद्ध महाभियोगलाई सदर गर्ने वा नगर्ने भन्ने विषयमा अदालतले फैसला गरेपछि हुनसक्ने अशान्ति रोक्नका लागि ‘सबै उपलब्ध उपाय’ लाई अबलम्बन गर्न दक्षिण कोरियाली प्रहरी तयार रहेको बताउनुभएको छ । संवैधानिक अदालतले राष्ट्रपति येओलले सैनिक शासनको घोषणा गरेको भन्दै महाभियोग लगाउने विषयमा यसै महिना आफ्नो निर्णय सुनाउने अपेक्षा गरिएको छ । यूनको नागरिक शासनको अल्पकालिक निलम्बनले प्रजातान्त्रिक दक्षिण कोरियालाई राजनीतिक उथलपुथलमा धकेलेको र उहाँलाई जनवरीमा भएको विद्रोहका लागि हिरासतमा लिइएको थियो । यद्यपि, प्रक्रियागत आधारमा उहाँलाई गत साताको अन्त्यमा रिहा गरिएको थियो ।

सोलको एक न्यायाधीशले युनको हिरासत अवधि बढाएपछि निलम्बित राष्ट्रपतिका समर्थकहरूले सियोलको एक जिल्ला अदालतको ढोका र झ्यालहरू तोडेका छन् र अधिकारीहरूले आसन्न फैसलालाई लिएर हिंसात्मक हुने चेतावनी दिएका छन । सियोल महानगरीय प्रहरी निकायका कार्यवाहक प्रमुख पार्क ह्युन सोले भन्नुभयो, “संवैधानिक अदालत र त्यस वरपर हुने झडपलाई रोक्नुपर्छ ।” “हामीले संवैधानिक अदालतको १०० मिटरभित्रको क्षेत्रलाई विरोधमुक्त क्षेत्र घोषणा गर्ने र ब्यारिकेडलगायत सबै उपलब्ध उपकरणपरिचालन गर्ने योजना बनाएका छौँ,” पार्कले पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले भन्नुभयो, “हामीले महाभियोगको विषयमा विरोधी समूहबीच द्वन्द्व हुन नदिन र संवैधानिक अदालतका न्यायाधीशको रक्षाका लागि काम गर्नैपर्छ ।” प्रहरीले अश्रुग्यास छोड्ने र लाठीको प्रयोगसम्बन्धी थप प्रशिक्षण आफ्ना जवानहरूलाई दिइरहेको बताउँदै पार्कले बमको धम्कीको जवाफ दिन प्रहरी विशेष बल परिचालन गर्नेबारे पनि विचार गरिरहेको बताउनुभयो ।

पार्कका अनुसार फैसलाको दिन नजिकका विद्यालयहरू बन्द गर्नेबारे सम्बन्धित निकायसँग विचारविमर्श भइरहेको र नजिकैका निर्माण स्थलहरू र पेट्रोल पम्पहरू बन्द गर्ने तयारी गरिएको छ । ती स्थलहरूमा ‘विरोध र प्रदर्शन सामग्रीहरू भण्डारण गर्न सकिन्छ’ भन्ने चिन्ता प्रहरीको रहेको छ । महाभियोगको फैसला को अलावा यूनले डिसेम्बरमा सैनिक शासन (मार्शल ल) घोषणा गरेको आरोपमा एक आपराधिक मुद्दाको सामना गर्नुपर्नेछ । उहाँ एक आपराधिक मामलामा मुद्दाको सामना गर्ने पहिलो सत्तासीन दक्षिण कोरियाली राष्ट्रपति बन्नुभएको छ । अभियोजक जनरल शिम वू–जुङले सोमबार पत्रकारहरूसँग भन्नुभयो, “अभियोजन पक्षले युनलाई अनपेक्षित रूपमा हिरासतबाट रिहा गरे तापनि मुद्दालाई जारी राख्नेछ ।” शिमले भन्नुभयो, “हामी अभियोजनपक्षको मुद्दालाई निरन्तरता दिन बलियो प्रयास सुनिश्चित गर्नेछौँ ।” रासस/एएफपी

spot_img

ताजा समाचार

बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च...

धनकुटामा समानुपातिक मतगणना सकियो : एमाले पहिलो, रास्वपा दोस्रो

काठमाडौँ — धनकुटा जिल्ला को प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदा नेपाल कम्युनिस्ट पार्टी...

रवि लामिछानेको मुद्दा संशोधनसम्बन्धी निर्णयविरुद्धको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दर्ता भएको संगठित...

दाङमा १० हजारभन्दा बढी मत बदर

काठमाडौं । दाङ जिल्ला मा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजारभन्दा...