होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु

Published on

काठमाडौँ । होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा सोमबार एउटा सानो विमान समुद्रमा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दमकल विभागका मेजर विल्मर गुरेरोले पत्रकारहरूलाई दुर्घटनास्थलबाट १० जनालाई निकालिएको र तीमध्ये ६ जनालाई अस्पतालमा मृत घोषित गरिएको बताउनुभयो । त्यसपछि समुद्रमा विमान नजिकै एक चालक दलको सदस्यको शव तैरिरहेको फेला परेको थियो । उक्त विमान किनारबाट करिब एक किलोमिटर टाढा दुर्घटनामा परेको थियो । अधिकारीहरूले विमानमा सवार व्यक्तिहरूको सङ्ख्याका बारेमा १७ वा १८ रहेको परस्पर विरोधी रिपोर्टहरू दिएका छन् ।

गुरेरोले यात्रुहरूमध्ये एक ४० वर्षीय फ्रान्सेली नागरिकलाई मूल भूमिमा रहेको सान पेड्रो सुला सहरको अस्पतालमा स्थानान्तरण गरिने बताउनुभयो । लान्सा एयरलाइन्सको विमान बे आइल्यान्ड्सको एक रोआटानबाट साँझमा उडान भरेको थियो र मूल भूमिमा रहेको ला सेइबा बन्दरगाहतर्फ जाँदै थियो । रोआटान होन्डुरसको मुख्य पर्यटकीय गन्तव्यहरू मध्ये एक हो । “विमान झन्डै हामीमाथि खस्यो । म माछा मार्दै थिएँ”, एचसिएच टेलिभिजनलाई एक माझीले बताए । होन्डुरसका राष्ट्रपति सिओमारा क्यास्ट्रोले दुर्घटनाका पीडितहरूलाई सहयोग गर्न सशस्त्र बल, दमकल र अन्यहरू समावेश भएको आपत्कालीन समिति ‘तुरुन्तै सक्रिय’ गरेको बताउनुभयो । ब्रिटिस निर्मित जेटस्ट्रीम ४१ मा ‘स्पष्ट यान्त्रिक खराबी’ का कारण दुर्घटना भएको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ । रासस/एएफपी

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...