डढेलो गाउँ पस्दा, एक विद्यालयसहित १० घर जलेर नष्ट

Published on

काठमाडौँ । खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित १० वटा घर जलेर नष्ट भएका छन्।सामुदायीक वनबाट बस्तीमा छिरेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको एउटा विद्यालयको भवन र ९ परिवारका १० वटा घर जलेर नष्ट भएको हो। बाल्छीखोला पाखा सामुदायीक वनको नमेल्खाबाट चैत ३ गतेदेखि सुरु भएको डढेलो दाम्ली खोला पार गरेर ४ गते बस्तीमा छिरेको हो।डढेलोले स्थानीय वालकन्य आधारभूत विद्यालयको काठबाट बनाइएको दुई कोठे भवनको कार्यालय कोठा जलेको छ। यस्तै, डिकुवाका कृष्णबहादुर राई, अदमे राई, हिरासेर राई, नगेन्द्र राई, पविन्द्र राई, हिराधन राई, चैनकुमार राई, टंकबहादुर राई र रणबहादुर राईको घर जलेको हो।

बाल्सीखोला पाखा सामुदायीक वनमा लागेको डढेलो बाघखोर, च्यानटार, पाँचबैटार र लाङमाका वस्तीमा छिर्दा घर जलेको वडाध्यक्ष देबेन्द्र राईले बताउनुभयो।डढेलोमा कृष्णबहादुरको एउटा गाई, दुई वटा बाछी र चार वटा बाख्रा डढेर मरेको छ।अदमको ३ वटा र हिरासेरको ३ वटा खसी बाख्रा मरेको छ। यस्तै, छोटाकुमार राईको जंगलमा चराउन छाडिएको १० वटा खसीबाख्रा पनि डढेर मरेको वडाध्यक्ष राईले बताउनुभयो। मैतन्जु, रातमाटे र थूम्की क्षेत्रमा अझै पनि डढेलो जारी छ।स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन्।डढेलोले डिकुवा खोला मुहान भएको चार वटा खानेपानी आयोजनाको पाइप जल्दा लाङमा, बाघखोर, मैतन्जु र थुम्कीमा पिउने पानीको आपुर्ती बन्द भएको स्थानीय हर्क राईले बताउनुभयो।

आगलागी पीडितलाई राहत

डढेलोले घर जल्दा विस्थापित भएका पीडितलाई राहत प्रदान गरिएको छ।सामुदायीक वनबाट बस्तीमा छिरेको डढेलोले घर जल्दा विस्थापित परिवारलाई हलेसी तुवाचुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालयले राहत प्रदान गरेको हो। नगरपालिकाकातर्फबाट डढेलो पीडितलाई प्रतिपरिवार १० हजारको साथमा दुई बोरा चामल, तीन केजी दाल, चार पोका तेल, मस्यौरा, चिउरा, एक–एक थान मेट्रेस र एक–एक वटा बल्याङकेट प्रदान गरिएको मेयर विमला राईले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयले अदम, हिरासेर, नगेन्द्र, रणबहादुर, पविन्द्र, हिराधन, कृष्णबहादुर र चयनकुमारलाई प्रतिपरिवार १५ हजारको दरले राहत प्रदान गरेको छ।यस्तै, सबै परिवारलाई एक/एक थान त्रिपाल र कम्बल प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले बताउनुभयो।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...